काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
बुटवल: नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ। बजारको पूर्वी भागमा रहेको झरही खोला र पश्चिमतर्फको रामणखण्डा खोलाको सतह बढेर बजार क्षेत्रमा पस्दा परासी बजारका घर, सरकारी कार्यालय र सडक क्षेत्र डुबानमा परेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले जानकारी दिए।
बजार क्षेत्रका सबैजसो घरहरु डुबानमा परेकोले जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनले प्रहरी परिचालन गरेर उद्धार सुरु गरेको छ।
गएराती २ बजेदेखि खोला बजार क्षेत्रमा प्रवेश गरेकाले तत्काल पानीको सतह घट्ने संभावना कम रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।
हिजोदेखि परेको अविरल वर्षाका कारण भुमही र तुरिया खोला उर्लिएर बजार क्षेत्रमा पसेका हुन्।
यस्तै, नवलपरासीको सुनवल र वर्दघाट बजारका केही भाग डुबानमा परेका प्रजिअ पन्थीले बताए। उनले डुबानमा परेका र पर्नसक्ने क्षेत्रका बासिन्दालाई सर्तक रहन र अग्लो स्थानमा बस्न आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।