राजनीति

राम कार्कीको प्रश्नः सार्वभौम संसदलाई नेम्वाङले किन तर्साइरहेका छन्?

'संविधानको अपव्याख्या गरे'

फाइल फोटोः enayapatrika
साउन ८, २०७३

    काठमाडौं : माओवादी केन्द्रका नेता राम कार्कीले तत्कालिन संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले संविधानको अपव्याख्या गर्दै सार्वभौम संसदलाई तर्साइरहेको आरोप लगाएका छन्।

    व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कार्कीले भने ‘सार्वभौम संसदलाई धम्क्याउन र तर्साउन कसैले पाउँदैन। संसदले गर्ने निर्णयलाई संविधनसभाका पूर्व अध्यक्ष नेम्वाङले किन तर्साइरहेका छन्? उहाँलाई यस्तो अधिकार छैन।’

    संसदलाई नेम्वाङले तह लगाउन खोजेको आरोप लगाउँदै कार्कीले भने ‘संसदलाई तह लगाउने राजतन्त्र फालियो, अब कसैले तह लगाउने धृष्टता नगरौं।’ संसदको बैठकमा केही सांसदले बारम्बार सेता कुर्सीहरु भरिएका छन् भन्दै मधेसवादी दलका सांसदहरुलाई होच्याउने गरेको उनले बताए। ‘मधेस आन्दोलनको पीडा पहाडका समुदायलाई मात्र नभएर तराईवासीले पनि भोगेका थिए’, कार्कीले भने, 'तराईको घर जग्गा बेचेर भक्तपुरमा चार आना जग्गामा घर बनाएका र कालिमाटीमा डेरा गरेर बसेका मधेसीहरुले दरभंगामा बंगला किन्न सक्थे। के उनीहरुको राष्ट्रियतामाथि प्रश्न गर्ने?’

    ओली गणतन्त्रवादी होइननः खतिवडा

    यसैगरी, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री ओलीले गणतन्त्र र संघीयताको आन्दोलनमा राजावादीसँग साँठगाँठ गर्दै हिँडेको आरोप लगाएका छन्। खतिवडाले अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रश्न गरे- ‘२०६२/६३ मा गणतन्त्रको नारा घन्किदै गर्दा बाख्राको सिङमा भैंसीको सिङ भन्ने तपाइईँ होइन प्रधानमन्त्रीज्यू?’ 

    सांसद खतिवडाले तीन सय ३८ मत ल्याएर ओली प्रधानमन्त्री भएपनि कांग्रेस–माओवादी गठबन्धनले तीन सय ४१ मत ल्याउने दावी गरे। चीन जाँदा रेलको र भारत जाँदा तेलको कुरा गर्ने प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि कुनै सिन्को नभाँचेको दावी उनले गरे।

    ‘तपाईँ कति राष्ट्रवादी भन्ने कुरा त भारत र चीनको भ्रमणमा लिपुलेकको बारेमा चुइँक्क नबोलेर देखाइसक्नु भयो’, खतिवडाले भने ‘आज मधेसी मोर्चाका सांसदहरु कुर्सीमा बस्दा तपाईँलाई किन मन परेन?’

    उनले भने ‘सर्पले भ्यागुतो खाने बेला भ्यागुतोले किरा खान्छ अरे, सोही बमोजिम संसदमा दुई जनामात्र मन्त्री राखेर प्रधानमन्त्री आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति गर्न मन्त्रीपरिषद् बैठकमा व्यस्त छन्। यो साह्रै अपराधपूर्ण कार्य हो।’

लिलाराज खनाल

खनाल २०७३ भदौदेखि २०७४ सालभर थाहा खबरमा आबद्ध थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]