समाज

बाख्रा जोगाउन खोज्दा दम्पतीको ज्यान गयो

साउन ११, २०७३

    बुटवल : रुपन्देहीको सालझण्डीमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ। बाख्रा चराउन गएका उनीहरुलाई बाख्रा जोगाउन खोज्दा स्थानीय कञ्चन खोलाले बगाएको हो। 

    खोलाले बगाउँदा सालझण्डी गाविस वडा नम्बर १ फुलबारीका ६० वर्षीय छविलाल गाहा र उनकी श्रीमती ५५ वर्षीया हुमकली गाहाको मृत्यु भएको हो। 

    सोमबार दिउसो करिब ३ बजेतिर बाख्रालाई खोलाले बगाएपछि बाख्रालाई बचाउन श्रीमती खोलामा हाम फालेको र श्रीमतीलाई खोलाले बगाएपछि श्रीमान्‌ले बचाउने प्रयास गर्दागर्दै दुवै जनालाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक विमल पराजुलीले जानकारी दिए। 

    खोलाले बगाएको केही समयपछि करिब ३ किलोमिटर तल श्रीमान्‌को शव रुखको जरामा अड्किएको अवस्थामा फेला परेको थियो भने श्रीमतीको शव रुद्रपुर ५ बेलडाँडामा फेला परेको थियो। 

    उनीहरुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकका २ छोरा विदेश र १ छोरा भारतमा रहेका छन् भने २ बुहारी घरमा रहेका बताईएको छ।

    उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। सालझण्डीको सोही खोलाले गतवर्ष २ जनालाई बगाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]