समाज : मिडिया

पत्रकार सेजुवालको उपचारका लागि चौतारीको ८१ हजार सहयोग

फोटो सौजन्य : प्रेस चौतारी नेपाल
साउन ११, २०७३

    काठमाडौं : लामो समयदेखि काठमाडौंमा उपचार गराइरहेका मुगुका पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले ८१ हजार आर्थिक सहयोग गरेको छ।

    चौतारीका अध्यक्ष गणेश बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत पूर्व केन्द्रीय सदस्य एवं कर्णाली इन्चार्ज सेजुवाललाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।  

    गत जेठ १४ गते सेन्टरमा भर्ना भएका सेजुवाललाई ढाडको नसा च्यापिएर ‘बोन टिबी’ भएको छ। गएको असार २६ गते सेजुवालको ढाडको शल्यक्रिया भएको थियो। उनको उपचारमा डा. गौरवराज ढकाल र डा सन्तोष पौडेल संलग्न छन्।

    सेजुवाललाई तीन महिना घरमै आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। ‘अन्नपूर्ण पोस्ट’का मुगु संवाददाता सेजुवाललाई यसअघि नेपाल पत्रकार महासंघले १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]