समाज

२४ फोटोमा हेर्नुस्, तिनाउले मच्चाएको ताण्डव

साउन ११, २०७३

    बुटवल : तिनाउ नदीमा ठूलो बाढी आएपछि सोमबार राती आएको बाढीले किनारको बस्ती प्रगति टोलका ६ वटा कच्ची घर बगाएको छ। 

    देवीनगरमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ। किनारका दर्जनौं घर जोखिममा परेका छन्। अहिले पनि नदीले कटान गरिरहेको छ। स्थानीय प्रशासनले किनारका बस्ती खाली गर्न भन्दै साईरन बजाएको छ। जोखिममा परेका घरका बासिन्दाले सुरक्षित स्थानमा सामान सारिरहेका छन्।    

    अहिलेसम्म मानवीय क्षति भने भएको छैन। बाढीले सोह्र-छत्तीस कुलोको बाँध पनि बगाएको छ। बाँध बगाएपछि कुलोमा माछा मार्नेको भीड लागेको छ। 

    नदी किनारको बस्ती मजुवा अहिले पनि जोखिममा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख महेन्द्र खड्काले जानकारी दिए।  

    बुटवल उपमहानगरपालिकाको तथ्यांक अनुसार ५ हजार ३ सय ४८ घर परिवार नदीको वहाव क्षेत्रमा बसोबास गर्दै आएका छन्।

    हेर्नुस्, तिनाउको बाढीका तस्बिरहरु:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]