समाज

पूर्व राजपरिवारका घरजग्गा भाडा लगाउने बाटो खुल्यो

Photo : ecanadanepal.com
साउन १२, २०७३

    काठमाडौं : पूर्व राजपरिवारको नाममा रहेको जग्गा, जमिन तथा घर भाडामा लगाइने भएको छ। नेपाल ट्रष्ट कार्यालयले आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि पूर्व राजपरिवारको नाममा रहेको जग्गा र घर भाडामा लगाउने बाटो खुलेको हो। 

    ९ वर्षदेखि विनियमावलीको अभावमा ट्रष्टलाई आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न सकेको थिएन। ट्रष्टका सचिव भीम उपाध्यायका अनुसार स्वर्गीय राजा वीरेन्द्रको नाममा रहेका करिब २५ हजार ६ सय रोपनी जग्गा आफ्नो नाममा ल्याएको थियो। 

    ‘विनियमावली लागू भएपछि अब पूर्व राजपरिवारका ती जग्गा, जमिन तथा सम्पत्तिलाई भाडामा लगाई आयआर्जन गर्न ट्रष्टलाई मार्ग प्रशस्त भएको छ। जग्गा जमिन तथा सम्पत्तिलाई भाडामा लगाउन सुरु गर्छौ।’, उनले भने। 

    आय आर्जनबाट ट्रष्टले नेपाल ट्रष्ट कार्यक्रम अन्तर्गत शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सञ्चालन गर्न कार्यविधि समेत तयार गरी लागू गरेको छ। कार्यविधिमा दुर्गम क्षेत्रमा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय सञ्चालन गर्न, छात्रवृत्तिको व्यवस्था गर्न, शिक्षण संस्थालाई अनुदान दिन सक्ने सचिव उपाध्यायले जानकारी दिए। 

    पहिलो पटक स्वीट भवन बन्दै 
    नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ। आफ्ना नाममा आएका पूर्व राजपरिवारका जग्गामा नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ। 

    ‘प्रस्ताव स्वीकृत भएपछि हामी भवन निर्माणको कार्य सुरुवात गछौँ,’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९ औं बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]