काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दुईदिने राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ रात्रिभो...
काठमाडौं : नेपाली कांग्रेसले केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी बाढी पहिरोबाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विस्थापित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
बेपत्ताको तत्काल खोजी गर्न, मृतक र विस्थापित हुन पुगेका पीडितको यकिन तथ्याङ्क सार्वजनिक गर्न तथा मृतकलाई क्षतिपूर्ति तथा विपद्मा परेका पीडित परिवारलाई तत्काल उद्धार, राहत र सहयोग पुर्याउन कांग्रेसले सरकारसमक्ष आग्रह गरेको छ।
साथै, काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घ संस्थालाई पनि पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्याउन पार्टी सभापति देउवाले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनाबाट हजारौँको सङ्ख्यामा मानिस विस्थापित हुन पुगेको, हजारौँ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, अधिकांश सडक मार्ग अवरुद्ध भई यातायात प्रभावित भएकोप्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको जनाएको छ।
देउवाद्वारा दुःख व्यक्त
देउवाले जापानको सागमिराहा सहरको अपाङ्ग सेवा केन्द्रमा मङ्गलबार भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। घटनामा अपराधिक व्यक्तिको चक्कु प्रहारबाट १९ जनाको मृत्यु र २४ जना भन्दा बढीको घाइते बन्न पुगेका थिए।
हालै टर्की, इरान, अफगानिस्तान, फ्रान्सलगायतका देशमा आतङ्कारी र अपराधिक समूहले निर्दोष र निहत्था व्यक्तिको अत्यन्त क्रुर र बर्बरतापूर्वक हत्या गरिएको घटनाले विश्वलाई दुःख दिइरहेका बेला जापानमा भएको सो घटनाले पुनः विश्वलाई स्तब्ध पारेको देउवाले उल्लेख गरेका छन्।
'विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी र अपराधिक घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा यस दुःखद् क्षणमा जापान सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु, साथै धैर्यपूर्वक अगाडि बढ्न कामना गर्दछु भनिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।