अर्थ

नेपाल बैंकमा खुल्यो ८१ जनाका लागि जागिर

Photo: nfcworld.com
साउन १३, २०७३

    काठमाडौं : नेपाल बैंक लिमिटेडले विभिन्न ८१ पदमा जागिरका लागि आवेदन माग गरेको छ। 

    नेपाल बैंक लिमिटेडको मानवश्रोत व्यवस्थापन विभागले लोक सेवा आयोगको सहमतिमा विभिन्न तह र समूहका पदहरूमा खुला प्रतियोगिताका लागि बिहीबार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन माग गरेको हो। 

    बैंकले उप-प्रबन्धक, सहायक प्रबन्धक(आईटी), वरिष्ठ सहायक(आईटी) र सहायक पदमा गरी ८१ जना माग गरेको हो। बैंकले सातौँ तहमा १ उपप्रबन्धकको माग गरेको छ भने सहायक प्रबन्धक(आईटी)मा ६ जना, वरिष्ठ सहायक(आईटी)मा ११ जना, सहायक पदका लागि ६३ जना माग गरेको छ। 

    आवेदन दिन चाहनेहरूले गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ। आवेदनका लागि दरखास्त फाराम दस्तुरवापत १ सय रूपैयाँ बुझाउनुपर्नेछ भने उपप्रबन्धक स्तर सातौँ तह तथा सहायक प्रबन्धक छैटौँ तहका लागि ७ सय र वरिष्ठ सहायक पाँचौ तह र सहायक चौथो तहका लागि ५ सय बुझाउनुपर्नेछ। यस्तै, सहायक प्रबन्धक छैटौँ तहको समावेशीका लागि २ सय र वरिष्ठ सहायक पाँचौ तह तथा सहायक चौथो तहको समावेशीका लागि १ सय बुझाउनुपर्ने सूचनामा जनाइएको छ।

    आवेदन फाराम बैंकको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने सूचनामा जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]