समाज

झापामा बस दुर्घटना, १६ जना घाइते

साउन १४, २०७३

    दमक : पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको दमक-१६ स्थित चियाँ बगान भन्ने स्थानमा शुक्रबार बिहान भएको दुर्घटना परि चालक सहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

    काँकडभिट्टाबाट बेलटारका लागि छुटेको मे १ ख ९७१ नम्बरको बस शुक्रबार बिहान करिब ७ बजे तिर दुर्घटना भएको थियो। दुर्घटनामा परि गम्भिर घाइते भएका उदयपुर बेल्टार-६ का ६० वर्षीय नर बहादुर कटुवाल र सोही ठाँउकी ५९ वर्षीय याम माया कटुवाल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राजन लिम्बुले जानकारी दिए। 

    उनीहरुको दमकस्थित लाईफलाईन अस्पतालमा उपचार हुन नसके पछि विराटनगर स्थित न्युरो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइते सबैको दमक स्थित लाईफलाई र नमस्ते हस्पिटल दमक र अरनिको अस्पताल उर्लाबारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई सडकमा नै पल्टिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]