राजनीति

एमाले र वैद्य माओवादीद्वारा सप्तरी घटनाको निन्दा, घाइतेको उपचार गर्न माग

साउन १४, २०७३

    काठमाडौं : नेकपा एमाले र नेकपा (क्रान्तिकारी माओवादी) ले सप्तरीको तिलाठीमा भारतीय पक्षबाट नेपालीमाथि भएको आक्रमणको निन्दा गरेको छ।

    नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले दशगजा क्षेत्रमा एकतर्फी रुपमा बनाएको बाँध र सडकबारे दीर्घकालीन समाधान खोज्न र मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले सप्तरीको तिलाठी लगायत देशका अन्य सबै स्थानमा भारतद्वारा जबर्जस्ती बनाइरहेको बाँध निर्माण प्रक्रिया अविलम्ब रोक्न सरकारसँग माग गरेको हो। 

    एमालेले तिलाठी घटनामा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न समेत सरकारसँग माग गरेको छ। ‘तिलाठी घटनाले सम्पूर्ण नेपाली जनतालाई आक्रोशित तुल्याएको छ। यसप्रकारको खुला अतिक्रमण हुँदा पनि चुप लागेर बस्ने यो सरकारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। तिलाठी लगायत देशका अन्य सबै स्थानमा भारतद्वारा जबर्जस्ती बनाइरहेको बाँध निर्माण प्रक्रिया अविलम्ब रोक्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ।’ पार्टी अध्यक्ष वैद्यद्धछारा जारी विज्ञप्तिमा उल्लेख छ।

    साथै वैद्य माओवादीले आक्रमणमा परी घाइते भएका सबैको निःशुल्क उपचार गर्न र क्षतिपूर्तिको समेत व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]