काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुङ्गिने भएको छ। व्यवस्थापिका–संसद्, संसदीय सुनुवाई विशेष समितिको आइतबार बिहान ८ बजेदेखि सुरू भएको बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्ने भएको छ।
गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाई पूरा गरेको थियो। शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगित भएको थियो।
न्याय परिषदले सर्वाेच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तीका लागि ईश्वरप्रसाद खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिकृष्ण कार्कीको नाम प्रस्ताव गरेको थियो।
यसैगरी आइतबारको बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतका बारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ। उजुरी अध्ययनपछि उक्त समितिले प्रस्तावित राजदूतहरूको सुनुवाई थाल्ने तयारी गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।