राजनीति

संसदीय व्यवस्थालाई भट्टराईले भने च्यातिएको कपडा, जति टालेपनि फाटेको फाट्यै

साउन १६, २०७३

    डिल्ली मल्ल

    दाङ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन्।

    कार्यकर्ता प्रशिक्षणको क्रममा दाङ आएका भट्टराईले आइतबार बिहान घोराहीमा आयोजित पत्रकार सम्मेलनमा ६/६ महिनामा सरकार बनाउने, ढाल्ने खेलमा लागिरहनुभन्दा स्थायित्वका लागि पहल गर्न प्रचण्डलाई आग्रह गरेका हुन्।

    संसदीय व्यवस्थालाई च्यातिएको कपडासँग तुलना गर्दै डा. भट्टराईले जति पटक टालो हालेपनि अर्को ठाउँमा फाटेजस्तै संसदीय व्यवस्था जति सुधारे पनि काम नलाग्ने बताए।

    सरकार फेरिरहने नियतिबाट मुलुकलाई मुक्त नगर्दासम्म नेपालमा राजनीति स्थायित्व नहुने र मुलुकले विकासमा फड्को मार्न नसक्ने बताउँदै डा. भट्टराईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपमा मुलुकलाई लैजानुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।

    अर्को प्रसंगमा डा. भट्टराईले नेपाल–भारतबीचका समग्र सन्धी सम्झौतामा पुनरावलोकन हुनुपर्ने बताए। भारतले नेपालमा हस्तक्षेप बढाउँदै गएको भन्दै उनले भारत पनि त्यसका लागि तयार रहनुपर्ने र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्नेमा जोड दिए।

    नेपाल पत्रकार महासंघ दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. भटराईले कुनै पनि छिमेकीको हस्तक्षेपलाई स्वीकार्न नसकिने भन्दै अंश—अंशमा नभई समग्रमा सम्बन्धलाई पुनरावलोकन गर्नुपर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]