समाज

३७ ग्रामीण सडकमध्ये ३२ अवरुद्ध

File Photo
साउन १६, २०७३

    डडेल्धुरा : लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। 

    वर्षाबाट सडक बिग्रिएपछि जिल्लामा रहेका ३७ ग्रामीण सडकमध्ये ३२ अवरुद्ध तथा बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन्। बगरकोट, रुपाल, डुङ्ग्री, देवलदिव्यपुर, ढिमौला, भद्रपुर, ढिमौला–चिपुर, रडुवा, कोटेली, विप्याकटाल, बेलापुर, अनारखोली, रडुवा, बडम लगायत ग्रामीण सडक अवरुद्ध भएका छन्। सडकमा ठूला ठूला खाल्टा र पहिरा परेका कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ। 

    यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्दा मानिसहरु सदरमुकाम लगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन्। ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउनमा समेत समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ। 

    ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको अजयमेरु-१ स्थानीय बिस्ना खातीको भनाइ छ। ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्क सेवाका लागि समस्या भइरहेको स्थानीयवासीले बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]