समाज : मिडिया

पत्रकार अर्जुन महराको मृत्यु

पत्रकार अर्जुन महरा।
साउन १६, २०७३

    दाङ : दाङको रेडियो मध्यपश्चिम एफएमका पत्रकार अर्जुन महरा (२२) को मृत्यु भएको छ। ब्लड क्यान्सरबाट पीडित पत्रकार महराको आइतबार दिउसो १२ बजे नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा निधन भएको हो। 

    लमही नगरपालिका ११ रातोडाँडा निवासी पत्रकार महरा तीन वर्षदेखि पत्रकारितामा क्रियाशील थिए। डेढ महिनाअघि बोनम्यारोमा ब्लड क्यान्सर देखिएपछि उनलाई काठमाडौंस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। महराका बुबा दामबहादुर महराका अनुसार साउन ६ गतेदेखि महराको नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो। पछिल्लो समय उनलाई निमोनिया देखिएको थियो। 

    महराको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले ‘पत्रकार अर्जुन महरा बचाऔँ अभियान’ सुरु गरी आर्थिक संकलन गरिरहेको थियो। थुप्रै संघ संस्था र व्यक्तिबाट उनको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको महासंघले जनाएको छ।

    पहिलो चरणमा संकलन भएको रकम १ लाख ११ हजार ५ सय रुपैयाँ बुबा दामबहादुर महराको खातामा जम्मा भएको नेपाल पत्रकार महासंघ दाङका कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्यले जानकारी दिइन्। उनका अनुसार बाँकी रहक परिवारलाई हस्तान्तरण गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]