पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
नेपालगन्ज : मध्यपश्चिमका विभिन्न जिल्लाबाट डेढ करोड मूल्य बराबरको अवैध जडिवुटी बरामद भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आर्थिक वर्ष २०७२/२०७३ को एक वर्षमा १ करोड ४६ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध जडिवुटी नियन्त्रणमा लिएको मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालले जानकारी दिए।
सबैभन्दा बढी बाँकेबाट १ करोड २२ लाख रुपैयाँ मूल्यको १३ हजार ५ सय ५० किलो झ्याउ नामक जडिबुटी बरामद गरिएको छ। उनले कालिकोट, मुगु, रोल्पा रुकुम लगायतका जिल्लाबाट सिलाजित, कटुको, यार्सागुम्वा, जटामसी, टिमुर, रिठा लगायतका अवधै जडिजुटी नियन्त्रणमा लिएको जानकारी दिए।
राजस्व छल्दै अवैध रुपमा चोरी निकासी गर्न लागिएको अवस्थामा जडिवुटीसहित १३ जनालाई नियन्त्रणमा लिएको पनि उनले बताए। प्रहरीले एक वर्षको अवधिमा विभिन्न वन्यजन्तुको १४ थान छालासहित २१ जनालाई प्रक्राउ गरेको छ।
सुर्खेत, दाड, कालिकोट, सल्यान, बर्दियालगायतका जिल्लाबाट बाघ, चितुवा, हिमचितुवा, घोरललगायत जनावरको छालासहित २१ जनालाई प्रक्राउ गरिएको डिआइजी नेपालले बताए। उनले जाजरकोट, सल्यान, रुकुम र सुर्खेतका विभिन्न स्थानका ५५ विघामा गरिएको अफिम खेती पनि नष्ट गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।