राजनीति

राजदूतहरूको संसदीय सुनुवाई सुरु, १ जनाको सुनुवाई सकियो

२ बजेसम्मका लागि स्थगित

साउन १८, २०७३

    काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाई मंगलबारदेखि सुरू भएको छ। 

    समितिले मंगलबार ४ जनाको राजदूतको सुनुवाई गर्ने भएको छ। यसक्रममा समितिले पाकिस्तानका लागि प्रस्तावित गरिएकी सेवा लम्साल अधिकारीको सुनुवाई सकेको छ। लगातार ३ घण्टा बैठक बसेपछि समितिको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ।

    प्रस्तावित अन्य ३ राजदूतको सुनुवाई २ बजेपछि हुनेछ। मंगलबार हुने सुनुवाईमा ब्राजिलका लागि ताराप्रसाद पोखरेल, संयुक्त राष्ट्रसंघीय कार्यालय भियनाका लागि प्रकाश कुमार सुवेदी, संयुक्त अधिराज्यका लागि दुर्गा बहादुर सुवेदीको सुनुवाई हुनेछ। 

    मंगलबार सुनुवाई हुन लागेका दुर्गा बहादुर सुवेदीको नाम सातौँ स्थानमा रहेपनि उनको सुनुवाई चौथो नम्बरमा नै हुन लागेको हो। सुवेदी नेपालको प्रतिनिधी मण्डल लिएर देशबाहिर जान लागेका कारण उनको सुनुवाई चाँडो गरिएको समितिले जनाएको छ। 

    चौथो नम्बरमा ऋषिराम घिमिरे थिए। उनको स्थानमा सुवेदीको सुनुवाई हुन लागेको हो। 

    सुनुवाई समितिले बैठकको सुरूवातमा मंगलबार राजदूतहरूविरूद्व प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी लिइएको थियो। प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर ९ वटा उजुरी परेका थिए।

    सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]