धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न बसेको राप्रपा नेपालको बैठक अनिर्णित भएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको मंगलबार बसेको बैठकमा नेताहरुले पार्टीमा जाने र नजाने दुवैथरी मत राखेपछि निर्णयमा पुग्न नसकेको हो।
बैठकले राप्रपासँगको एकीकरण प्रक्रिया अघि बढेकाले अहिले तत्काल निर्णय गर्नु हतार हुने भन्दै निर्णय नगरेको राप्रपा नेपालले विज्ञप्तीमार्फत जनाएको छ। दुवै दलको संयुक्त बैठक बुधबार विहान नौ बजेलाई तय गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
सिंहदरबारमा बसेको राप्रपा नेपालको बैठकमा अधिकांश सदस्यहरुले सरकारमा गएर पार्टीले हासिल गरेको उपलब्धी रक्षाको लागि फेरि पनि सरकारमा जानुपर्ने धारणा राखेका थिए। पार्टीका उपाध्यक्ष निरन्जन थापा, भूमिसुधार मन्त्री रामकुमार सुब्बा, केन्द्रीय सदस्यहरु प्रेम श्रेष्ठ, गीताभक्त जोशीलगायतले सरकारमा जानुपर्ने पक्षमा बोलेका थिए। उनीहरुले राष्ट्रियता खतरामा परिरहेको बेला सदन, सडक र सरकारमा बसेर आफ्ना आवाज सशक्त बनाउनुपर्ने बताएका थिए।
पार्टीका सचेतक दिलनाथ गिरी, केन्द्रीय सदस्यहरु सुशील श्रेष्ठ, बाबुकाजी प्रधान, विष्णु भण्डारीलगायतले भने सरकारमा जान नहुने धारणा राखेका थिए। उनीहरुले पार्टीले निष्ठाको राजनीति गरिरहेको कारण पनि अबको सरकारमा जानहुन्न भन्ने धारणा राखेका थिए।
बैठकको शुरुमा अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी दिन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग धारणा माग गरेका थिए। पार्टीका सह प्रवक्ता मोहन श्रेष्ठले पार्टीका सदस्यहरुले बोल्न बाँकी भएको कारण बैठक बुधबारलाई सारिएको जानकारी दिए। ‘पार्टी एकीकरण नै अहिले मुख्य भएको कारण पनि संयुक्त बैठक गरेर समान धारणा बनाउने प्रयास गरिएको छ’ उनले भने– ‘सरकारमा जाने कि नजाने निर्णय भोली हुन्छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।