काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
रियलटाइम हाइलाइटस्
प्रधानमन्त्री निर्वाचनको लाइभ अपडेटमा संसद भवनबाट लिलाराज खनाल र समाचार कक्षबाट थाहाखबर टिम विदा चाहन्छौँ। सल्लाह, सुझावको अपेक्षामा छौँ।
प्रधानमन्त्री निर्वाचनको लाइभ अपडेटमा संसद भवनबाट लिलाराज खनाल र समाचार कक्षबाट थाहाखबर टिम विदा चाहन्छौँ। सल्ला, सुझावको अपेक्षामा छौँ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको जानकारी दिन सभामुख ओनसरी घर्ती र संसद सचिवालयका महासचिव मनोहर भट्टराई राष्ट्रपति निवास शीतलनिवास गएका छन्।
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाइ तथा कार्यकालको पूर्ण सफलताको कामना!
— Baburam Bhattarai (@brb1954) August 3, 2016
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खर संसद भवनबाट बाहिर निस्किएका छन्।
मीनभवनमा राष्ट्रिय झण्डा बोकेका युवाहरु अघि अघि र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी पछिपछि देखिन्छ। ओली बालकोटस्थित आफ्नो निवास जान हिँडेका हुन्। उनले बालुवाटार आजै छोडेका छन्।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मीनभवन नजिक उनका समर्थकले रोकेका छन्। उनीहरुले राष्ट्रिय झण्डासहित झण्डावाल गाडी रोकेका हुन्।
कूल ५७३ मत खसेकोमा प्रचण्डले ३६३ मत ल्याएर प्रधानमन्त्री निर्वाचित भएका छन्। उनको विपक्षमा २१० मत खस्यो।
सुनिलबहादुर थापाले आफ्नो मोबाइलबाट फोन लगाए, प्रचण्डलाई फोन दिए, प्रचण्डले केही बेर कुरा गरे र पुनः फोन थापाले लिए। भर्खर संसदमा।
मतदान गरेर फर्केिने सांसदहरुलाई प्रचण्ड हात मिलाउँदै धन्यवाद दिइरहेका छन्।
संसदमा मतविभाजन प्रक्रिया सुरु भएको छ।
संसदमा विभाजन घण्टी बजेको छ।
सभामुखले मतविभाजन प्रक्रियाबारे जानकारी दिँदैछन्।
प्रस्तावक र समर्थकले मनतव्य दिने क्रम सकिएको छ।
प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दै सांसद लोकमणि ढकाल ।
यत्रो ठूलो क्रान्ति त सम्पन्न गर्नुभयो (प्रचण्डले) भने अहिलेका कुरा मिलाउने कुरा ठूला होइनन्। रामकुमार राई संसदमा।
संसद बैठकमा रामकुमार राई बोल्दैछन्।
हरिचरण शाह, नेपाली जनता दल, ले प्रचण्डको समर्थनमा आफ्नो विचार राख्दैछन्।
प्रचण्ड चुनौतीको समाना गर्न सक्ने र व्यवस्थापन गर्न जान्ने नेता हुन्। समाजवादी जनता पार्टी प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्छः प्रेमबहादुर सिंह।
अहिले प्रचण्डको समर्थनमा सांसद प्रेमबहादुर सिंह बोल्दैछन्। ओली नेतृत्वको सरकारमा उनी खानेपानी तथा सरसफाइ मन्त्री थिए।
संसदमा रुक्मिणी चौधरीः थारुवान स्वायत्त प्रदेशको सीमाकंन हुने गरी आउने सरकारले काम गरोस्।
संसदमा प्रचण्डको समर्थनमा बोल्दै रुक्मिणी चौधरी
संसदमा प्रचण्डको समर्थनमा बोल्दै रुक्मिणी चौधरी
प्रचण्ड संविधान कार्यान्वयनमा दृढ हुनुहुन्छ, उहाँ उपयुक्त पात्र हुनुहुन्छ र उहाँ सफल हुनुहुन्छ भन्ने अपेक्षा हामीले गरेका छौँ : जयदेव जोशी
संसदमा नेकपा संयुक्तका जयदेव जोशी प्रचण्डको समर्थनमा बोल्दै
संसदमा जयदेव जोशी प्रचण्डको समर्थनमा बोल्दै
राप्रपाका परशुराम तामाङले संसदमा प्रचण्डलाई समर्थन गर्दै
विजय गच्छदारप्रति लक्षित गर्दै संविधान जलाउनेहरू यहि प्रकियामा आएका छन् : चौधरी
मधेसका साथीहरूले संविधान जलाउने काम गरिरहरँदा हामीले संसदबाट नै समाधान खोज्नु पर्छ भनेका थियौँ : चेधरी
यो संविधानलाई पूर्णरूपमा स्वीकार गर्न सक्दैनौ, यसलाई संशोधन गरेर मात्र स्वीकार्य संविधान बनाउन आवश्यक छ: देवेन्द्र चौधरी
मधेसमा धोका भएको आरोप लागेपनि, हामीले संविधान जारी हुनुलाई उपलब्धी मान्दै यो बाटो रोजेका हौँ : देवेन्द्र चौधरी
संसदमा देवेन्द्र चौधरी प्रचण्डको समर्थनमा बोल्दै
मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धीतर्फ लैजानका लागि बाटो खुल्ला भएको छ। त्यसलाई अगाडि बढाउन सक्नुपर्छ : यादव
सहमति खोज्दा संविधान जसलाई विभेदकारी, प्रतिगमनकारी भनिदै आएको छ त्यस संविधानलाई सच्याउने अवसर प्राप्त भएको छ : यादव
९ वर्षपछि प्रधानमन्त्री पनि ९ महिनाका लागि प्रधानमन्त्री हुँदै हुनुहुन्छ, यसले देशलाई निकास दिँदैन: यादव
हामीसँग जनशक्ति, स्रोत साधन छ तर त्यसलाई उपयोग गर्न सकेका छैनौ : यादव
विगतमा कति सहमति भए कति सम्झौता भए तर, अफ्ठ्यारोमा परेको अवस्थामा सहमति गर्ने र पछि त्यसलाई वेवास्ता गर्ने पुन: अफ्ठ्यारोमा परेपछि पुन: सहमति गर्ने परम्परालाई अबको सरकारले टुङग्याउने छ: यादव
अपाङ्ग घाइतेहरूको उपचार गर्ने शर्तमा गठबन्धन/मोर्चाले समर्थन गरेको हो : यादव
राज्यले बल प्रयोग गरेर जुन किसिमका हिंसा भए, त्यसका विषयमा उच्चस्तरीय आयोग बनेर छानविन हुनेनै छ: यादव
मधेस मुद्धालाई विगतमा पनि सरकारले गर्न सक्ने भएपनि महसुस गरेन : यादव
संघीय गठबन्धनको तर्फबाट समर्थक भएर उपस्थित छु : यादव
संसदमा बोल्दै उपेन्द्र यादव
महरा बोल्दै गर्दा प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिएका छन् ।
एमालेले निर्णय गर्यो, उम्मेदवारी नदिने, एमालेले पनि प्रचण्डलाई मतदान गरे राम्रो : महरा
देशको निमित्त प्रचण्ड आवश्यक भएकाले उहाँलाई अगाडि सारेका हौँ : महरा
हामीले सबैलाई एकैपटक सम्बोधन गर्न नसकिएला, तर सबैलाई मिलाएर बिस्तारै लैजान सकिन्छ : महरा
यो देशको निमित्त, संक्रमणकाललाई बदल्नका लागि प्रचण्डको आवश्यक छ : महरा
सरकारको परिवर्तन सामान्य प्रक्रिया हो : महरा
संक्रमणकालको निष्कर्षमा पुग्न बाँकी छ। चुनौतीका पहाड सामना गर्नुपर्ने छ। कृष्णबहादुर महरा।
अहिले प्रधानमन्त्री उम्मेदवारमा प्रचण्डलाई समर्थन गरेका सांसद कृष्णबहादुर महराले बोलिरहेका छन्।
देउवाले मन्तव्य टुंग्याउने बेला भने- 'प्रचण्ड के रे?... कमल दाहाल, पुष्पकमल दाहाल।'
हामीले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै राष्ट्रिय हीतको पक्षमा हुन्छ। देउवा।
साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन। दुबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ। राष्ट्रिय हीतमा ध्यान दिनुपर्छ। देउवा।
संविधानको सर्वस्वीकार्यता कांग्रेस सभापति देउवाले आज संसदमा सबैभन्दा बढी उच्चारण गरेको विषय हो।
बिना शान्ति र स्थिरता आर्थिक विकास हुँदैनः देउवा।
शान्ति प्रक्रिया बारे देउवाः यसलाई निष्कर्षमा पुर्याएर स्थायी शान्ति स्थापना गर्नुछ।
संविधानको सर्वस्वीकार्यता भएपछि मात्र संविधान करा्यान्वयन हुन्छ। देउवा।
राष्ट्रिय विषयमा हामी एक भएर अघि बढ्न सक्छौँः देउवा।
विश्वास र अविश्वासको प्रस्ताव भनेको त प्रजातान्त्रिक प्रक्रिया हो। मैले त कति खाएँ खाएँ अविश्वासका प्रस्ताव। देउवा।
मधेसी मोर्चासँग सहमति भएको छ। यो सहमतिका आधारमा सीमांकन टुंग्याउने सहमति गरेका छौँः देउवा।
अस्ति ओलीजीको भाषण सुने आज प्रचण्डजीको। मैले के बोल्ने समस्यामा परेँः देउवा। संसदमा हाँसो।
प्रधानमन्त्री निर्वाचनमा प्रचण्डका प्रस्तावक कांग्रेस सभापति शेर बहादुर देउवा मन्तव्य दिँदैछन्।
हामी सबै एउटै डुंगामा छौँ, डुबे सबै डुब्छौँ उत्रे सबै उत्रिन्छौँः हामी डुब्नेछैनौँ उत्रिनेछौँ। प्रचण्डले मन्तब्य टुंग्याएका छन्।
यसलाई अस्थिरता भन्ने कि गतिशीलता भन्ने? म जनता र राष्ट्रको पक्षमा लड्न हिँडेको हुँ। अन्त्यसम्म लड्ने प्रतिज्ञा म डोहोर्याउन चाहन्छु। प्रचण्ड।
म अलिअलि अस्थिर नभएको भए जनयुद्ध के हुन्थ्यो होला? शान्ति प्रक्रिया हुन्थ्यो कि हुन्थेन होला?
युद्धमा सुप्रिम कमाण्डर बन्ने पनि आकँंक्षा थिएन। गर्दै जाँदा हुँदै गयो। प्रचण्ड।
म गरिब किसानको छोरो हुँ। मैले प्रधानमन्त्री बनुँला भनेर आकांक्षा राखेको थिइनँ। गरिब किसानको छोराले यस्तो सपना देख्नु कठिन पनि छ। प्रचण्ड।
प्रचण्ड संसद बैठकमा भक्कानिएका छन्।
मेरो कमजोरीका कारण देशलाई भएको क्षतिको मूल्यांकन राष्ट्र र जनताले गरेको छ। प्रचण्ड संसदमा।
म खुला किताब हुँ। मेरा सबल पक्ष र दुर्वल पक्ष के हुन् भन्ने बारे सबैलाई थाहा भैसकेको छः प्रचण्ड।
विगतमा मलाई सधैँ भावुक बनायोः प्रचण्ड।
चीन र भारतको उदाहरण दिँदै प्रचण्डले भने- देशलाई छिटोभन्दा छिटो अगाडि बढाउने सम्भावनामा सफल बनौँला?
नेपालको गोरेटो के हुने भन्ने थाहा पाउन हामीलाई १० वर्ष लाग्योः प्रचण्ड।
प्रधानमन्त्री ओलीले राजीनामा दिँदै गर्दा नयाँ बन्ने सरकारलाई गरेका १३ प्रश्न यस्ता छन्, जसको जवाफ भर्खर प्रचण्डले दिए http://thahakhabar.com/news/1462
बजेट उल्लेख भएका सबै कार्यक्रम जारी राख्नेछौँः प्रचण्ड
तपाईँले बजेट नछुट्याइ गरेका पाइप लाइनका कुरा गरे पनि पानीजहाजका कुरा गरे पनि ती आकाशका तारा झार्ने कुरा हुन्।
के हामी देश विकासको नयाँ राष्ट्रिय खाका कोर्न सक्छौँ? प्रचण्डको प्रश्न।
कृषि, पर्यटन, जलस्रोत हामीसँग सबै छ तर लाखौँ युवा कसरी विदेश पुगेका छन्? प्रचण्ड।
यो राजनीतिक नेतृत्व, अस्थितरताका कारण हो वा राजनीतिक नेतृत्वप्रतिको वितृष्णाका कारण हो? गम्भीर समीक्षा जरुरी छः प्रचण्ड
हामी यस्तो संस्कार र संस्कृतिको विकास हुने खतरामा छौँः हाम्रा ५० लाख युवा विदेशमा छन्। मेरो चिन्ता कहाँ छ भने हाम्रो जनशक्ति नेपालको विकास गर्ने कुरामा किन केन्द्रित भएको छैन? प्रचण्ड
नेपालीहरुमा सांस्कृतिक विचलन आउन थालेको हो कि जस्तो लागेको छः प्रचण्ड
प्रचण्ड ओलीलाई भन्छन्- बुझिने गरी सरल भाषामा भन्दिनुपर्यो प्रधानमन्त्री ज्यू।
म प्रधानमन्त्री निर्वाचित भएँ भने तपाईँ पूर्व प्रधानमन्त्री हुनुहुनेछ। तपाईँले के सोच्नुभएको छ? कसरी बनाउने यी सबै योजनाहरु? स्रोत देखाइदिनुस्, म सबै योजना अघि बढाउँछु। ओलीलाई प्रचण्डको प्रश्न।
प्रधानमन्त्रीजी बिलकुल चिन्ता नगर्नुहोला। राष्ट्र र जनताको हीतमा अगाडि बढाइएका सबै कुरा गरिनेछ, त्यहाँ राजनीति गरिनेछैन। प्रचण्ड।
नेपाल, भारत र चीनका बिचमा रणनीतिक साझेदारी गर्ने भनेर चीन भ्रमणमा जाँदा विषय उठाएको थिएँ। अहिलेको सरकारले गरेका कुराप्रति मैले गर्व गरेको छु। प्रचण्ड।
केरुङ काठमाडौं रेलमार्ग के हुन्छ भनेर प्रधानमन्त्रीले सोध्नुभएको छ। त्यो ऋणले बन्छ कि अनुदानले? प्रचण्डले संसदमा ओलीलाई प्रश्न गरेका छन्।
फास्ट ट्र्याक र हुलाकी राजमार्ग के गर्छौँ भन्नुभएको छ। हामी बनाउँछौँ प्रधानमन्त्री ज्यू। तपाईँको साथ चाहिएको छ। संसदमा बोल्दै प्रचण्ड।
ऋण लिएर घिउ खाने अवस्थाको अन्त्य हामीले कहिले गर्ने हो? प्रचण्डको प्रश्न।
विदेशबाट ऋण ल्याएर खर्च धान्नुपर्ने अवस्था बिडाम्बना हो कि होइन? प्रचण्डको प्रश्न।
अहिलेका सबै कुरा प्रधानमन्त्री ओलीले नै सुरु गरेजस्तो, उहाँ नभए सबै डुब्छन् जस्तो गरी भ्रम छरियोः प्रचण्ड
ती विकासका आयोजना यो सरकार आउनुअघि नै आएका हुन्। ती कुरालाई नयाँ सरकार र आउने सरकारहरुले अगाडि बढाउनेछन्। देशले अगाडि बढाइरहन्छ। म मेरोतर्फबाट पूर्ण प्रतिबद्धता गरेको छुः प्रचण्ड
हामी पनि ९ महिना सरकारमा थियौँ। ची र भारतसँग भएका सहमति सम्झौता र बजेटका विषयमा हाम्रो पनि भूमिका थियौँ। छैन भनियो भने त्यो झुट हुनेछः प्रचण्ड
प्रधानमन्त्री ओलीले केही विषयलाई प्रश्नका रुपमा राख्नुभएको छः प्रचण्ड
भर्खरै नेपाली कांग्रे, माओवादी, मधेसी मोर्चा र संघीय गठबन्धनबीच ३ बुँदे सहमति भएको छ, संविधानको सर्वस्वीकार्यता फराकिलो बनाउँदै लैजान सहमति भएको होः प्रचण्ड
म लडाइँको नेतृत्व गरेको सुप्रिम कमाण्डर पनि म हुँः प्रचण्ड। प्रचण्ड संसदमा आफ्नो मन्तव्य दिइरहेका छन्।
म त्यस्तो स्वभाविक पात्र बन्न गएको छु, मधेसी, जनताति, थारु सबै उत्पीडित समुदायसँग छलफल गर्न सक्छ, मैले अतिरंजित गरेको होइन भन्ने मलाई लाग्छः प्रचण्ड
मधेस, थारु आदिवासीको मुद्दा सम्बोधन गर्न वार्तामार्फत नै गर्नुपर्छ, पुलको आवश्यकता छ, ध्रुवीकरणको होइनः प्रचण्ड
हामी सबै नेपाल राष्ट्रपति बफादार छौँ भन्ने कुराको टेस्ट कसैलाई पनि गर्नुपर्दैन भन्ने मलाई लाग्छः प्रचण्ड
सरकार परिवर्तनको सामान्य प्रक्रियालाई षड्यन्त्रको रुपमा व्याख्या गरियोः प्रचण्ड
संविधान कार्यान्वयन, मधेसी जनजातिको मुद्दा सम्बोधन, भूकम्पपछिको पुनर्निर्माण, शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरु र विदेश नीतिसँग सम्बन्धित विषयमा अघिल्लो सरकारमा अन्तर देखापर्योः प्रचण्ड
समझदारी अनुसार पहिलेको सरकार जान नसक्दा नयाँ सरकार बनाउनुपर्ने अवस्था आइलागेको प्रचण्डको भनाई।
एउटा समझदारीमा टेकेर त्यो सरकार बनेको थियो, अहिले अर्को समझदारीमा टेकेर नयाँ सरकार बनाउने बाध्यता आइलाग्योः प्रचण्ड
एउटा मान्यतामा टेकेर सरकार बनेको थियो, ९ महिना काम गर्योः प्रचण्ड
म प्रधानमन्त्रीमा निर्वाचित भएँ भने मेरो तर्फबाट कुनै आग्रह पूर्वाग्रह बिना सबै दलसँग सहकार्य गर्ने र राष्ट्रका सबै समस्या समाधान गर्न पहल गर्ने विश्वास व्यक्त गर्छुः प्रचण्ड
एमालेले उम्मेदवारी नदिने तर विपक्षमा मत हाल्ने निर्णयलाई सकारात्मक लिएको छुः प्रचण्ड
तत्काल हामीले खोजेजस्तो राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकार बन्न सकेनः प्रचण्ड
संविधान बनाउने क्रममा पनि हामीले राष्ट्रिय एकतामा जोड दियौँः प्रचण्ड
प्रधानमन्त्रीको उम्मेदवारी दिँदा म धेरै खुसी र सन्तुष्ट हुन सकेको छैनः प्रचण्ड
संसदमा प्रचण्ड- मैले प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दैगर्दा देशका विभिन्न भागमा आएका बाढीपहिरोबाट ठूलो क्षति भएको छ। म मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु।
संसद बैठकमा प्रधानमन्त्रीका एक्ला उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड बोल्दैछन्।
कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच बैठक जारी छ। जसका कारण संसद बैठक बस्न ढलाइ भैरहेको थाहाखबर सम्वाददाता लिलाराज खनालले जनाएका छन्।
संसदको कार्यसूची यस्तो छ।
संसद भवन गाडीले भरीभराउ छ। सांसदहरु आइसकेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटार छोड्नुअघि बालुवाटार हाताभित्र पिपलको बोट रोपेका थिए। बालुवाटार छोडेलगतै ओली संसद् बैठकमा भाग लिन नयाँबानेश्वर आएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी धन्यवाद दिएका थिए।
यसैबीच राससका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन्। व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उनले बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन्।
बैठकको सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नेछन्।
बिहान ११ बजे बस्ने भनिएको संसद बैठक अझै सुरु भएको छैन। सांसदहरु भवनमा जम्मा भएका छन्।
थाहाखबरको समाचार कक्षबाट संसद भवन यस्तो देखिन्छ।
तीन बुँदे सहमति भएपछि तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लले भने- मोर्चाले प्रचण्डलाई भोट हाल्छ।
प्रधानमन्त्रीको निर्वाचन केही बेरमा सुरु हुँदै, मधेसी मोर्चासँग तीन बुँदे सहमति।
३९औं प्रधानमन्त्री चुन्दै नेपालः संसद भवनबाट LIVE UPDATE
सम्बन्धित समाचार
-
-
काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
-
धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
-
काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
-
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
-
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
-
काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
-
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
भर्खरै
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
खाद्यान्न र नुनमा अनुदान दिई कर्णालीवासीलाई अल्छी र बेबकुफ बनाइयो : सांसद बिष्ट
टी-२० शृंखला : नेपालले जितका लागि पायो २२३ रनको लक्ष्य
अनुगमन तथा मूल्यांकन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन उपप्रधानमन्त्री यादवको निर्देशन
सम्पर्क
थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल
इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।