समाज

वैज्ञानिक भाडादर अस्वीकार गर्दै जाजरकोट सडकमा यातायात बन्द

साउन २०, २०७३
    • विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज : सरकारले तोकेको भाडादर चित्तबुझ्दो नभएको भन्दै छिन्चु–जाजरकोट सडक-खण्डमा सञ्चालित बस व्यवसायीले यातायात बन्द गरेका छन्। 

गत साउन ४ गते छिन्चु-जाजरकोट सडक-खण्डलाई रुट परमिट कायम गर्दै प्रति किलोमिटर २ रुपैयाँ ५० पैँसा कायम गरिएपछि सरकारले तोकेको भाडादरमा बस सञ्चालन गर्न नसकिने भन्दै यातायात व्यवसायीले अनिश्चितकालिन बन्द आह्वान गरेका हुन्। 

सवारी साधण बन्द भएपछि सर्वसाधारणलाई सास्ती भएको सल्यान चिउराका दुर्गा बीसीले बताए। पूर्व-सूचना नदिएर बिहानैदेखि यातायातका साधन बन्द गरेपछि सर्वसाधारण पैदल हिड्न बाध्य भएका छन्। 

जाजरकोटदेखि सल्लीबजार ६२ किलोमिटरको भाडा १ सय ५५ रुपैयाँ कायम गरिएको छ। जाजरकोटदेखि नेपालगन्जसम्मको दुरी १ सय ८८ किलोमिटर भएपनि सरकारले सडकखण्डको भाडा ४ सय ६४ रुपैयाँ कायम गरेको छ। अर्कोतर्फ जाजरकोटदेखि काठमाडौं ६ सय ८५ किलोमिटरको दुरीमा १ हजार ३ सय ६६ रुपैयाँ भाडा लिइन्छ।

भाडादर संयोजन अघि यातायात व्यवसायीले जाजरकोट-नेपालगन्जको लागि ९ सय र जाजरकोट-काठमाण्डौ २ हजार ५ सय रुपैयाँ लिँदै आएका थिए। सडक-खण्डमा सञ्चालन भइरहेका यातायात व्यवसायीले मनपरी तवरले भाडा लिने गरेको सल्ली बजारका धन बहादुर पुनले बताए। 

सरकारले निर्धारण गरेको भाडादरमा ब्यवसायी असन्तुष्ट भएपनि सर्वसाधारण भने खुसी भएका छन्। सडक-खण्डमा वैज्ञानिक भाडादर लागू गरेर सरकारले जनताको पक्षमा निक्कै राम्रो गरेको पुनले बताए। उनले यसलाई कार्यान्वयन गर्न सम्वन्धित निकाय गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]