समाज

खुकुरी प्रहार गरी दाजुको हत्या

साउन २४, २०७३

    उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–६ मा सोमबार बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन्। 

    स्थानीय ३० वर्षीय वीरेन्द्र मुखियाले बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन्। वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। वीरेन्द्र मानसिक रोगी भएको प्रहरीले बताएको छ।  

    वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताए। दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]