राजनीति

भाँडिएको राप्रपा एकताबारे १० तथ्य

साउन २५, २०७३

    नाटकीय शैलीमा दुई राप्रपाबीचको एकता किन भाँडियो? राप्रपाकै नेताहरुका फरक फरक विश्लेषण छन्। राप्रपाकै नेताहरुको बुझाइका भाँडिएका एकताबारेको १० तथ्य :

    १. राप्रपा नेपालसँग तत्काल एकीकरण भएमा सरकारमा जाने ढोका बन्द हुने भन्दै मन्त्रीका दाबेदार नेताहरुले त्यसविरुद्ध थिए। राप्रपा नेताहरु दीपक बोहरा, सुनिलबहादुर थापा र विक्रम पाण्डेहरु सरकारमा सहभागितापछि एकता प्रक्रिया अगाडि बढाउनेमा थिए। एकअर्कामा नमिले पनि ती समूहमा यो मुद्दामा अघोषित एकता थियो।

    २. पार्टी भाँडिनुमा कमल थापासँग तत्काल एकता नहोस् भन्ने भारतीय चाहना रहेको आरोप राप्रपा नेपालका नेताहरुको छ। यसको प्रष्टीकरण राप्रपाले दिएको छैन।

    ३. सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेमा राप्रपामा त्यति ठूलो विवाद थिएन। सत्तामा जान सबै तयार थिए र तीनै नेताहरु राप्रपा नेपालसँग एकताको पक्षमा पनि थिए। सत्तामा जाने राप्रपा र विपक्षमा बस्ने राप्रपा नेपालबीच कसरी एकता होला भन्ने प्रश्न दुवैतर्फ थियो।

    ४. दुई सातापछि सरकारमा जाने कि नजाने भन्नेमा एकीकृत पार्टीले निर्णय गर्ने भनिएको थियो। राप्रपाका अधिकांश सत्तामा जानुपर्छ भन्ने र राप्रपा नेपालमा आधाजसो सरकारमा जानुपर्ने भन्ने देखिएको अवस्थामा त्यसबखत एकीकृत पार्टी सत्तामा जाने अनुमान धेरैको थियो।

    ५. एकता घोषणा समारोहका लागि राष्ट्रिय सभागृह बुक गरिएको थियो। त्यसका लागि फ्लेक्स डिजाइन पनि गरिएको थियो। आइतबार दुबै पार्टीका नेताहरु तयारीका लागि सभागृह पुगेका थिए।

    ६. पार्टी एकताका लागि एकीकृत विधानसमेत तयार गरिएको थियो।

    ७. हाललाई संविधानको भावना मान्ने राजा कि गणतन्त्र भन्ने मुद्दा महाधिवेशनबाट तय गर्ने सहमति भएको थियो। अरु एजेन्डामा खासै मतभेद थिएन।

    ८. चुनाव चिन्ह हलो कि गाई भन्ने पनि पछि टुंगो लगाउने भनिएको थियो।

    ९. पार्टी एकताका लागि नेता बुद्धिमान तामाङ समूह निरन्तर सक्रिय थियो। यसका जस सबैभन्दा बढी तामाङले लिने र एकता चाहने धेरै कार्यकर्ताको विश्वास र झुकाव तामाङतिर जान्छ भन्नेमा केही नेताहरु त्रसित थिए।

    १०. केही दिनअघि राप्रपा नेपालले हिन्दू गणतन्त्र मान्यो भनेर रिपोर्टर्स क्लबमा पशुपति सम्सेरले बोलेको समाचार आयो। त्यो समाचारको वास्तविकता नबुझी राप्रपा नेपालबाट कडा शब्दमा खण्डन गरियो। राणाले रफ्त संचार केन्द्रमा गएर आफ्नो बोली फेरि सार्वजनिक गरे। राणा पक्षको भनाइ छ बोल्दै नबोलेको कुराको पछि लागियो। गणतान्त्रिक संविधान मानेर सपथ खाएर सरकारमा गइसकेको पार्टीले हतारमा त्यस्तो प्रतिक्रिया नदिएको भए हुन्थ्यो भन्ने बुझाइ राप्रपाभित्र छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]