काठमाडौं : काठमाडौंका केही स्थानमा बुधबारदेखि चार दिन दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले सूचना जारी ग...
काठमाडौं : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार २०१५ कपिलवस्तुका पत्रकार मनोज पौडेललाई प्रदान गर्ने भएको छ। विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर विगत तीन दशकदेखि प्रदान गर्दै आएको पुरस्कार २५ हजार रुपैयाँ राशीको छ।
जनप्रशासन विषयमा स्नातकोत्तर (एमपीए) तह उत्तीर्ण पत्रकार पौडेल कान्तिपुर दैनिकका कपिलवस्तु सम्वाददाता हुनुहुन्छ। समूहद्वारा स्थापित वातावरण पत्रकारिता पुरस्कार पाउने उहाँ २९ औँ पत्रकार हुनुहुन्छ।
समूहले हरेक वर्ष जुन महिनाको ५ तारिक विश्व वातावरण दिवसको अवसरमा अघिल्लो वर्षभरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा उत्कृष्ट लेख रचनाहरु प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार प्रदान गर्ने गर्छ।
यस वर्षको पुरस्कारका लागि समूहले पत्रकारहरुबाट आवेदन आह्वान गरेको थियो। सङ्कलित सामग्रीको वरिष्ठ पत्रकार तथा समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहाल संयोजक, कार्यसमिति सदस्य रमेश भुसाल र वातावरणविद् तथा विज्ञ सदस्य डा. तीर्थबहादुर श्रेष्ठ रहेको छनौट समितिले मूल्याङ्कन गरेको थियो।
समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, नियमितता, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरुको मूल्यांकन गरेको नेवापसले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।