स्वास्थ्य

सरकारले देशका मुख्य सहरमा तरकारीको विषादी नाप्ने यन्त्र राख्ने

फोटोः blogs.extension.iastate.edu/
जेठ २४, २०७३

    काठमाडौं : सरकारले आउँदो असारदेखि देशका विभिन्न सहरमा तरकारीको विषादी नाप्ने यन्त्र राख्ने भएको छ। आउँदो असारदेखि विषादी मापन यन्त्र जडान गर्ने तयारी भएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानाकारी दिए।

    धेरै तरकारी र फलफूलको किनबेच हुने मुख्य क्षेत्रहरु बुटवल, विराटनगर, नारायणघाट, पोखरा, नेपालगञ्जमा विषादी मापन यन्त्र जडान गर्न लागिएको शर्माले जानकारी दिए। मेसिन किन्नको लागि बोलपत्र आह्वान गरिसकेको उनले बताए। '

    निर्देशनालयले अहिले काठमाडौं उपत्यकामा भित्रने तरकारीमा धरै विषादी मिसिएको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसगँको सहकार्यमा काठमाडौं छिर्ने चारैवटा नाका  जगती, थानकोट, कीर्तिपुर र बालाजुमा फलफुल तथा तरकारीको विषादी मापन गरिरहेको छ।

    साताको दुई दिन दुई नाकामा अनुगमन गर्ने र अनुगमनबाट छनोट गरिएका नमूनालाई निर्देशनालयको प्रयोगशालामा द्रुत  विश्लेषण विधिद्वारा परीक्षण गरिने शर्माले बताए।

    परीक्षणमा मापदण्डभन्दा बढी विषादी प्रयोग  भएको शंका लागेमा खाद्य प्रविधि तथा  गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशाला पठाइने शर्माले बताए।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]