मनोरञ्जन

पशुपतिमा खुल्यो प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र

जेठ २८, २०७३

    काठमाडौं : प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था ‘गीता प्रेस’को नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्र पशुपतिमा खुलेको छ। 

    बिहीबार वैदिक विधिपूर्वक पूजा गरी केन्द्रको शुभारम्भ गरिए पनि शनिबार औपचारिक उद्घाटन गरिनेछ। यसअघि नेपालमा पुस्तक विक्रेताले गीता प्रेसका प्रकाशन ल्याई बिक्री गरे पनि आधिकारिक बिक्री केन्द्र थिएन। 

    प्रेसले नेपालीलगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ। नेपालमा केन्द्रको सञ्चालक जयकिशन सारडा हुनुहुन्छ। पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र खोलिएको उहाँले जानकारी दिनुभयो। 

    “केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका १० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ” – उहाँले भन्नुभयो। 

    प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछिको आठ महिनामा अन्य आठ पुस्तक अनुवाद गरिएको छ। अनुवाद गरिएका आठ पुस्तकमा ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’, ‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’ र ‘अमोघ शिवकवच’ छन्। नेपाली अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पद्मप्रसाद भट्टराईले गर्नुभएको हो भने अन्य नौ पुस्तक केदारनाथदासले गर्नुभएको हो। 

    केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढ्ने केन्द्र प्रमुख सारडाको विश्वास छ। 

    यसैबीच, सङ्घले भूकम्पपछि सिन्धुपाल्चोकको भीमटारमा ११८ र जलवीरेमा ६५ घर निर्माण गरी स्थानीयवासीलाई हस्तान्तरण गरेको र धादिङमा पनि १५ घर बनाउने क्रममा रहेको जनाएको छ। जनाइएको छ। 

    भूकम्पपछि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आउनुभएका रोशन अधिकारी बताउनुहुन्छ। “भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोर–किशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका छन्” – उहाँले भन्नुभयो। 

    विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गर्नुभएको हो। प्रेसले हालसम्म ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ। हाल नेपाललगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]