राजनीति

कांग्रेस यो सरकार परिवर्तन चाहन्छ: कोइराला

असार १, २०७३

    भक्तपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो दल सरकार परिवर्तनको पक्षमा भएको बताउनुभएको छ । 
    नेपाल स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उहाँले कांग्रेस सधैं प्रतिपक्षमा नबस्ने स्पष्ट गर्नुभयो । उहाँले उग्रराष्ट्रवादले मुलुकमा विदेशी हस्तक्षेप बढेको र त्यसले नेपालको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बनाएको विचार व्यक्त गर्नुभयो । 

    उहाँले आम्दानीको तुलनामा निकै बढी खर्च गर्ने लक्ष्य राखेको बजेटको कार्यान्वयन पक्ष कमजोर भए मुलुक धरासायी बन्ने आशंका व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने भेलामा ७५ जिल्लाका करिब २०० स्वास्थ्यकर्मीको सहभागिता छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]