राजनीति

विदेशीसँग विवाहपछि जन्मेका सन्तानलाई अधिकार दिन संसदीय समितिको निर्देशन

फोटोः दीपक केसी/थाहाखबर
असार १, २०७३

    काठमाडौं : नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। 

    समितिको बुधबारको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा छलफल भएको थियो। 

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरेमा श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेर आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराउनुभयो। 

    उनीहरुबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको बताउनुभयो। 

    परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नागरिकताको विषय राष्ट्रिय सुरक्षा र राष्ट्रहितसँग समेत जोडिएको हुनाले यसलाई सहजरुपमा लिन नहुने टिप्पणी गर्नुभयो। 

    गृहमन्त्रालयका सहसचिव विनोद रेग्मीले नयाँ संविधान अनुसार नागरिकताको व्यवस्था थप स्पष्ट पार्ने सम्बन्धी प्रस्ताव गृहले तयार पारेर कानुन मन्त्रालयमा पुगेको जानकारी दिनुभयो। 

    बैठकमा सांसदले नेपाली पुरुषले विदेशी महिला बिहे गरेमा अर्को दिन ती विदेशी महिलाले नागरिकता पाइहाल्ने तर नेपाली महिलाले बिहे गरेमा पुरुषले १५ वर्ष कुर्नुपर्ने प्रावधान विभेदकारी रहेको टिप्पणी गरेका थिए। 

    उनीहरुले बिहे गरेर विदेशबाट आएकी महिलाले अङ्गिकृत नागरिकता लिएको अर्को दिनदेखि सांसद्देखि उपप्रधानमन्त्रीसम्म बन्न पाउने व्यवस्थामा सुधार गर्दै त्यहाँ पुग्न केही वर्षको अवधिको सीमा राख्नुपर्ने सझुाव दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]