समाज

एनसेल टावर आक्रमणको आरोपमा विप्लव माओवादीका जिल्ला सेक्रेटरी पक्राउ

सांकेतिक फोटो
असार १, २०७३

    सल्यान : नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीका सल्यान जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले पक्राउ गरेको छ। 

    जिल्लामा रहेका एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले बुधबार बिहान पक्राउ गरेको हो।

    गत जेठ ३० गते कुपिण्डे दह गाविसको जयतपानी र शारदा नगरपालिका–१४ डाँडागाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको विषयलाई लिएर केसीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

    केसीलाई कोरवाङ्ग झिम्पेबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो। 

    एनसेल टावर जलाइएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार गाविसका स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]