काठमाडौँ : ललितपुरको ढोलाहिटीमा रेष्टुरेन्टु सञ्चालकले छुरा प्रहार गरेर दुई युवाको हत्या गरेको खुलेको छ। होली खेल्ने क्रममा दुई समूहबीच ...
काठमाडौं: एसएलसी परीक्षा २०७२ मा अघिल्ला वर्षहरुमा झैं कोही पनि फेल भएनन्। सबै परिक्षार्थीले परीक्षामा लेखेको आधारमा विषय अनुसार ग्रेड पाएका छन्। उनीहरुको लब्धाङ्कपत्रमा सबै विषयको ग्रेडको औसत ग्रेड अर्थात जीपीए पनि उल्लेख गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ५ हजार १ सय ५४ जनाले न्युनतम १.६ जीपीए ल्याउन नसकेका कारण ११ कक्षा पढ्न पाउँदैनन्। तर ११ कक्षा पढ्नका लागि उनीहरुका लागि पनि एउटा उपाय छ त्यो हो साउन १३ गतेदेखि हुने पूरक परीक्षा दिएर ग्रेड सुधार गर्ने। बिहीबार आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बढीमा २ वटा सैद्धान्तिक विषयमा डि र ई ग्रेड ल्याउनेले पूरक परीक्षा दिन पाउने बताएका थिए।
सरकारले एसएलसीमा ल्याएको ग्रेड अनुसार कुन विषय पढ्न पाइने र कुन पढ्न नपाइने भन्ने निर्धारण गरिसकेको छ। कक्षा ११ मा पढाइ हुने विषयहरुलाई १२ समूहमा विभाजन गरी उच्च माध्यमिक शिक्षा परिषदको पाठ्यक्रम तथा प्रशिक्षण महाशाखाले ती विषय पढ्न एसएलसीमा कुन ग्रेड ल्याउनुपर्ने पनि खुलाएको छ। जस अनुसार जीपीए १.६ ल्याउनेले कक्षा ११ मा विज्ञान बाहेक अरु विषय पढ्न पाउँछन्। विज्ञान विषय पढ्न भने जीपीए २ ल्याउनुपर्छ। त्यसपछि विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी अनि सामाजिक र नेपालीमा डी प्लस ग्रेड ल्याउनुपर्छ।
तर पशुविज्ञान, वाली विज्ञान, इलेक्ट्रिकल, सिभिल र कम्प्युटर इन्जिनियरिङ पढ्न १. ६ जिपिए भएपनि पुग्छ। तर गणित, विज्ञान र अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्छ।
कुन विषय पढ्न कुन ग्रेड ल्याउनुपर्छ हेर्नुहोस्
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।