राजनीति

संसद् नियमावलीमाथि छलफल सुरु

फोटोः रासस
असार ५, २०७३

    काठमाडौं : अपडेटः नौ महिनापछि संसद् नियमावली पारित भएको छ।


    बहुप्रतीक्षित र विवादित व्यवस्थापिका– संसद् नियमावली, २०७३ को मस्यौदामाथि सदनमा छलफल सुरु भएको छ। 

    नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले सदनको आइतबारको बैठकमा सो मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो नियमावली बनाउन विसं २०७२ असोज २५ गते समिति बनाउने निर्णय भएको थियो।

    संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको सदनको नियमावलीका केही बुँदाका विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका बीचमा विवाद देखिएको छ। 

    खासगरी संसदीय सुनवाइ समितिमा रहने सदस्यबीचमा विवाद रहँदै आएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले पुरानै संरचना अनुसार समिति ७५ सदस्यीय हुनुपर्ने र सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नयाँ संविधान अनुरुप १५ सदस्यीय हुनुपर्ने अडान राख्दै आएका छन्। 

    छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मस्यौदा प्रतिवेदनमाथि संशोधन प्रस्ताव राख्दै सदनलाई वैचारिक प्राज्ञिकस्थल बनाउनुपर्ने बताए। सोही पार्टीका अनुराधा थापा मगरले मस्यौदाको १५२, १६१, १७७ सच्याउन माग गरे।

    कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले नयाँ संविधान जारी भएपछि पनि पुरानै कानुन अनुरुप राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन हुने तर संसदीय सुनवाइ समितिको गठन किन नहुने भन्ने प्रश्न गर्दै नियमावली ल्याउन सरकार नै बाधक रहेको आरोप लगाए।

    एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले नयाँ संविधान अनुसार नै नियमावली अन्तर्गत संसदीय सुनवाइ समिति १५ सदस्यीय हुनुपर्ने बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]