काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
नवलपरासी : तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबारबाट बन्द सुरु भएको छ।
महाधिवेशनको बन्दसत्र सदरमुकाम परासीस्थित आदर्श उमाविको प्राङ्गणमा जारी छ। आज दिनभरिमा पार्टीको विधान र राजनीतिक दस्तावेज पारित भएपछि बुधबार बिहानदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ।
यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोत जनाएको छ। महाधिवेशनमा पार्टीको संशोधित विधानमा तराईमा दुई प्रदेशसहितको सात प्रदेश पार्टीको विधानमा उल्लेख गरी राजनीतिक दस्तावेज पारित गरिने बताइएको छ।
महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन्। विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोका रुपमा हेरिएको छ। महाधिवेशनका कारण जिल्लामा शान्ति सुरक्षा समेत कडा बनाइएको छ। महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।