महोत्तरी : बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ...
काठमाडौं : न्याय माग्न वैदेशिक रोजगार विभाग पुगेका एक पीडितलाई वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले आफ्ना चालक प्रयोग गरेर विभागमै पिटेका छन्।
सोही विषयमा विभागका निर्देशक रमा भट्टराईले दुवै पक्षलाई आज बोलाएपछि छलफलका लागि पुगेका कुँवरलाई भनाभनपछि क्षेत्रीको निर्देशनमा चालकले कुटपिट गरेका हुन्। आक्रमणबाट घाइते भएका कुँवरको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। कुँवरले न्याय माग्ने ठाउँमै आफूमाथि आक्रमण हुनुलाई गुण्डाराजको सङ्ज्ञा दिए।
कुटपिटपछि प्रहरीले उपाध्यक्ष क्षेत्रीलाई पक्राउ गरी बानेश्वरस्थित महानगरीय प्रहरीवृत्त लगेको छ। कुँवरले साउदी जान प्रक्रिया सुरु गर्दा ७० हजार रुपैयाँ क्षेत्रीको म्यानपावरलाई दिएकामा साउदीको प्रवेशाज्ञा आएपछि थप ५० हजार रुपैयाँ माग गरेपछि रकम दिन अस्वीकार गरेका थिए।
सरकारले घोषणा गरेको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था विपरीत ७० हजार रुपैयाँ दिँदादिँदै थप रकम मागेपछि उनले साउदी जान अस्वीकार गर्दै आफ्नो राहदानी फिर्ताका लागि विभागमा उजुरी दिएका थिए। उजुरी दिएपछि यसअघि पनि क्षेत्रीले कुँवरलाई कुटपिट गरेपछि महानगरीय प्रहरीवृत्त बालाजुमा उजुरी दिएपछि त्यहाँ कुँवरलाई प्रक्रिया सुरु गर्दा दिएको ५० हजार रुपैयाँ भराएर कुरा मिलाइएको थियो।
राहदानी लिन बाँकी रहेकाले त्यसको पहलका लागि विभागमा उजुरी परेपछि विभागले क्षेत्रीको कारोबार रोक्का गरेको थियो। पक्राउका सम्बन्धमा जानकारी माग्दा वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरीयाले घटनाबारे अनभिज्ञता प्रकट गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।