काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
रत्ननगर (चितवन) : चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि बिहीबार बिहान साढे १० बजेदेखि यातायात सञ्चालन भएको छ।
दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
बाटो खुलेसँगै नारायणगढबाट काठमाडौं तथा पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन्।
बाटो खुलाइएपनि गाडीको लामो लाइन भएकाले सहज हुन केही घन्टा लाग्ने प्रहरीले जनाएको छ। सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी क्षेत्रमै गाडी रोकिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।