समाज : सुरक्षा/अपराध

यस्तो छ प्रहरी प्रधान कार्यालयको आइतबारको रेकर्ड

भदौ ३१, २०७५

    काठमाडौं : देशको विभिन्न भागमा आइतबार विभिन्न अपराध र घटना भएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हेटौँडाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रकाउ पर्नेमा हेटौँडा उपमहानगरपालिका- १३ की १९ वर्षीया रुवी तामाङ र बारा जीतपुर सिमरा उपमहानगरपालिका- १५ का २२ वर्षीय श्याम गिरी हरेका छन्।

    उनीहरूलाई प्रहरीले लागुऔषध नाइट्रोभेट ३९ एम्पुलसहित आइतबार भीमफेदी गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको ना१ज २१४२ नम्बरको सुमोलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। यससम्बन्धमा हेटौँडा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

    त्यस्तै, धनुषा प्रहरीले एक जनालाई गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका- १ का वासुदेवप्रसाद महतो रहेका छन्। प्रहरीले उनको साथबाट १५ किलो गाँजासहित आइतबार पक्राउ गरेको हो । मिथिला नगरपालिका- ९ बडहरी चोकमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा जाँच गर्दा उक्त लागुऔषध बरामद गरेको हो।

    आइतबार नै भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको एक घरमा चोरी भएको छ। ठिमीमा डेरा गरी बस्ने लम्जुङ बेसीशहर घर भएका शिवकुमार थापाको कोठाबाट आइतबार नगद एक लाख ५० हजार रुपैयाँ र सुनका विभिन्न गरगहना चोरी भएको हो। प्रहरीका अनुसार उनको करिब दुई लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। फरार चोरहरूको खोजी गर्नुका साथै भक्तपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    यसैगरी प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पर्सा र दाङमा आइतबार दुई जनाको डुबेर मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा पर्सा पकाहा मैनपुर गाउँपालिका- ३ का ७० वर्षीय बाडु महतो रहेका छन्। उनको गंगोल खोलामा डुबेर मृत्यु भएको हो। त्यस्तै, डुबेर मृत्यु हुनेमा अर्का दाङ घोराही उपमहानगरपालिका- १० का छ वर्षीय आरएन नेपाली रहेका छन्। उनको जँवा खोलामा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]