समाज : सुरक्षा/अपराध

सुन तस्करी प्रकरण : जिल्लाको आदेश उल्ट्याउँदै उच्च

डिएसपी प्रजित केसी साधारण तारेकमा छोड्न आदेश

भदौ ३१, २०७५

    विराटनगर : सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित डिएसपी प्रजित केसीलाई साधारण तारिकमा छोड्न आदेश दिएको छ। रामकुमार तिवारीलाई पाँच लाख धरौटी बुझाउन उच्च अदालतले आइतबार आदेश दिएको हो।   

    उच्च अदालतको ५  नम्बर इजलासका न्यायाधीश उमशेराज पौडेल र उमेश कुमार सिंहले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्ट्याउँदै केसीलाई साधरण तारिकमा र तिवारीलाई धरौटिमा छोड्न आदेश दिएका हुन्।

    जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिँदा साधरण तारिकमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए। मुलुकी ऐन अदालती बन्दबस्तीको ४७ नम्बर बमोजिम साधरण तारिकमा छोडन केसीलाई आदेश दिएको उनको भनाइ छ।

    केसी र तिवारीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै  सादा तारिकमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दबस्तीको १७ नम्बर गरेका थिए। केसी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाडौंका डिएसपी रहेका थिए।

    उक्त प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो। उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो। गत शुक्रबार उच्च अदालतले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेकमा छोड्न आदेश दिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]