पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
सिमकोट : कर्णाली करिडोर सडकखण्डको सर्केगाढदेखि सरिसल्लासम्मको बाटो खन्न्ने क्रमममा स्काभेटरले खसालेको ढुंगा लाग्दा एकजान वृद्धको मत्यु भएको छ। हुम्लाको सेर्केगाढ गाउँपालिका ४ निवासी ७४ वर्षीय साउने थापाको घटनास्थलमै मृत्यु भएको सर्केगाढ प्रहरी चौकीले जानकारी गराएको छ।
सर्केगाढको नायाँसी खोला भन्ने स्थानमा माथिबाट सडक खन्ने क्रममा तल हिँडिरहेका थापाको टाउँकोमा ढुगा लागेको मृतक थापाका आफन्तले बताए। गाईवस्तु वनमा चराउन घर फर्किने क्रममा साँझ ५ बजे माथिबाट खसेको ढुंगा लागेर थापाको मृत्यु भएको सर्केगाढ प्रहरी चौकीलाई उद्धृत गर्दे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गहेन्द्र बोगटीले बताए।
मृतक थापाको जिल्ला अस्पताल हुम्लामा पोष्टमार्टम गरी शव आफन्तलाई हस्तान्त्रण गरिएको अस्पतालका डाक्टर नवीन रोकायले जानकारी दिए।
यता सडक खन्दा जानकारी गराइएको मृतक थापाका आफन्तको भनाइ छ। बाटो खन्ने ठेक्का लिएको कम्पनीले भने स्थानीयलाई पटकपटक सूचना दिएको बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।