काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ।
साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन्। ‘दिनमा चारदेखि पाँच महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।