राजनीति

मन्त्रिपरिषद् निर्णय : खरेल वायुसेवा निगमको सदस्य भएको दुई दिनमै कार्यकारी अध्यक्ष नियुक्त

उखु किसानलाई राहत

फाइल फोटो
असोज १, २०७५

    काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ। आइतबार राति बसेको मन्त्रिपरिषद्को बैठकले झापाका खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। 

    खरेललाई भदौ २९ गते राति बसेको मन्त्रिपरिषद् बैठकले निगमको सदस्यमा मनोनित गरेको थियो। विगतमा पनि प्रवन्ध निर्देशक बनेका उनले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका थिए। पर्यटन सचिवलाई निगमबाट हटाएर खरेललाई सदस्यमा नियुक्त गरिएको थियो। 

    त्यसैगरी मन्त्रिपरिषद् बैठकले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ। आन्तरिक उखु उत्पादक किसानलाई सहयोग पुग्नेगरी मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

    बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।

    बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ।

    त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ।

    सम्बन्धित समाचार :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]