विश्व

स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरणको अभियानमा पाकिस्तानी प्रधानमन्त्री इमरान

असोज १, २०७५

    राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन्।

    स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने विषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताए।

    प्रधानमन्त्री खानलाई उद्धृत गर्दै पाकिस्तान रेडियोले भनेको छ, “नागरिकले आफ्नो विकास र अधिकारका लागि आफै निर्णय लिन पाउनुपर्छ अर्थात् जनताको प्रत्यक्ष सहभागितामा हुने काम जनमुखी हुनसक्छन्। अन्यथा पाकिस्तानमा स्थानीय निकायलाई बलियो बनाउन सकिँदैन।”

    क्रिकेटबाट पाकिस्तानलाई विश्वसामु चिनाउन सफल भएका पाकिस्तानी प्रधानमन्त्रीले स्थानीय सत्तालाई सक्रिय गराइने बताए। उनले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रभाब क्षेत्र खाइबर पाकतुङ्ख्वा प्रान्तको उदाहरण दिँदै भने, पाकतुङ्ख्वा प्रान्तमा स्थानीय निकायलाई दिइएको अधिकारले उक्त राज्यलाई समृद्धितर्फ डोर्‍याएको छ।

    खानले एक हप्ताभित्र नयाँ स्थानीय शासन प्रणालीबारे प्रस्ताव तयार गर्न एक समितिको घोषणा गरेका छन्। समितिले दिने सुझाबलाई आवश्यक छलफल र परिमार्जनसहित प्रान्तीय सभामा लगिने बताइएको छ। उक्त सुझाबलाई कानूनी स्वरूप दिनका लागि एक महिनाभित्र अघि बढाइने छलफलमा प्रधानमन्त्रीले बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ।

    यस वर्षको जुलाई २५ गते सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्रीको दल पीटीआईले शक्तिको विकेन्द्रीकरणलाई चुनाबी नारा बनाएको छ। पाकिस्तानी प्रधानमन्त्री खानले राज्यमा शक्तिको केन्द्रीकरणको यस पहिले भएको अभ्यासले सरकारी शासनबारे जनताको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]