प्रवास

नेपाली सामूदायिक केन्द्र बनाउन महावाणिज्यदूत योञ्जनको ५० हजार डलर सहयोग

एकैदिन १ लाखभन्दा बढी संकलन

असार ११, २०७३

    काठमाडौं : अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले गरिएको फन्डरेजिङबाट १ लाख डलरभन्दा बढी संकलन भएको छ ।

    शुक्रबार मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन एक्लैले ५० हजार डलर सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समूदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामूदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरिएको थियो । जसबाट एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन भएको छ ।

    ‘यो सहयोग हाम्रो आउने दोश्रो पुस्ताको लागि हो । नेपाली सामूदायिक केन्द्र निर्माणको यो योजनालाई सफल बनाउनुपर्छ भन्ने मेरो अपेक्षा हो र अष्ट्रेलियाभरि बस्ने नेपालीहरुलाई योगदान दिन म आग्रह गर्दछु ।’ सहयोगपश्चात भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले भने, ‘हरेक कुरा आँट हो, पहिलो आँट गरेपछि त्यो सफल हुन्छ भन्ने मलाई लाग्छ । नेपाली सामूदायिक केन्द्र बनाउने योजना हुन नसक्ने योजना होइन, यसमा हामीले एक एक ईंटा थप्दै गयौं, सबै सहभागी भयौं भने छिटोभन्दा छिटो आफ्नै साझा घर निर्माण गर्ने योजनाले मूर्तरुप पाउनेछ ।’ 

    उनले धेरै अघिदेखि सोचिएको नेपालीको आफ्नै सामूदायिक केन्द्र बनाउने योजना अघि बढ्दा खुशी लागेको बताए । त्यसैगरी कार्यक्रम चलिरहँदा एमएनटीभीसँग कुरा गर्दै नेपाली सामूदायिक केन्द्र निर्माण समितिका अध्यक्ष रञ्जन वैद्यले उत्साहपूर्ण सहभागिताबाट आफुहरुलाई थप ऊर्जा मिलेको बताए । ‘अष्ट्रेलियामा हामी जब आयौं, त्यतिबेला आफ्नै एउटा घर किनौं भन्ने चाहना थियो । तर, अब सबै नेपालीले आफ्नो भन्न मिल्ने साझा घर बनाउँ भन्ने हाम्रो चाहना छ ।’ उनले भने ।

    सामुदायिक केन्द्रको निर्माणपछि दीर्घकालीन रुपमा ठूलो ठाउँ लिएर नेपाली सामूदायिक केन्द्रलाई सम्पूर्ण नेपालीको बृहद साझा थलोको रुपमा विकसित गरिने उनको भनाई छ । अष्ट्रेलियामा बस्ने सबै नेपालीहरुलाई पहिलो सामूदायिक केन्द्र बनाउने यो अभियानमा सहयोग गर्न उनले आग्रह समेत गरे । यसैबीच, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले सामूदायिक केन्द्र बनाउने वर्षौंको सपना साकार हुने चरणमा पुगेको बताए । उनले यस कार्यमा समुदायसँग हातेमालो गर्न प्रतिबद्ध रहेको बताए ।

    त्यसैगरी एनआरएन अष्ट्रेलियाका महासचिव तोनु घोतानेले नेपालीको गौरव सामूदायिक केन्द्र निर्माणका लागि एकताबद्ध हुन सबै भिक्टोरियावासीलाई आह्वान गरे । ‘अर्कोवर्ष म अष्ट्रेलिया आएको १८ वर्ष पूरा हुन्छ । हामी जहिल्यै पनि अरु कम्युनिटीले बनाएका मन्दिरहरुमा जान्छौं पूजा गर्दछौं । म पनि यस्तोमा जाँदा सोच्ने गर्थे हाम्रो आफ्नै सामूदायिक केन्द्र, मन्दिर भएको भए । हो, अब यो सपना साकार हुनेछ । यसमा सम्पूर्ण रुपले लाग्ने मेरो प्रतिबद्धता छ ।’ एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले भने ।

    नेपाली सामूदायिक केन्द्र निर्माण समितिका सल्लाहकार जोग लिम्बुले पहिलो पटक हामीले यस्तो फन्डरेजिङ आयोजना गरिएको बताउँदै सो कार्यमा देखिएको उत्साहलाई कायम राख्नुपर्ने बताए । व्यवसायी एवं बाटो मुनिको फुल–२ चलचित्रका निर्माता भीम न्यौपानेले सामूदायिक केन्द्र निर्माणका लागि अब गरिने प्रदर्शनबाट उठ्ने सबै रकम सहयोग गर्ने घोषणा गरे । 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]