त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
काठमाडौं : चिसो बढेसँगै मुस्ताङका उपल्ला क्षेत्रका ६ गाविसका स्थानीय बेसी झर्न थालेका छन्।
हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र चर्राङ गाविसका सर्वसाधारण बेँसी झर्न थालेका हुन्। बेसी झरेका उनीहरु कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्दछन्।
घुम्ती व्यापारमा उनीहरुले मुस्ताङमा पाइने जिम्बु, भारतबाट ल्याइएका विभिन्न किसिमका लत्ताकपडा, सिद्रा, सियो, माला लगायतको व्यापार गर्ने गरेका छन्। यी गाविसमा करिब ४ महिना वस्तुभाउको हेरचाह गर्न एक दुईजना वृद्धवृद्धा मात्रै रहन्छन्। स्कुले विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरिसेकका छन्।
६ गाविसमा १२ भन्दा बढी विद्यालयले पोखराको लेखनाथ, बाग्लुङ बसपार्क र चिसापानीमा घुम्ती विद्यालयको शिविर सञ्चालन गरिसकेका छन्। चिसोका कारण मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा पनि कम हुँदै गएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।