काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
गौशाला : पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासमा ट्रकले एउटा मोटरसाइकलमा ठक्कर दिँदा आइतबार एक जनाको मृत्यु भएको छ।
सोही घटनामा परी उनका भाइ २६ वर्षीय सुनिल ढुङ्गेल गम्भीर घाइते भएका छन् भने उनको उपचार लालगढ अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
आइतबार बिहान २ बजे बा ६८ प ६८७५ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ गइरहेका दाजुभाइलाई सोही दिशाबाट गइरहेको ना ३ ख ४३७५ नम्बरको ट्रकले बर्दिवास–१ स्थित सडकमा ठक्कर दिँदा दाजुको मृत्यु तथा भाइ गम्भीर घाइते भएको प्रहरी उपरीक्षक भट्टराईले बताए।
ट्रकको ठक्करबाट गम्भीर घाइते दाजुभाइलाई उपचारका लागि लालगढ अस्पतालमा लगिएकामा दाजुको उपचारका क्रममा मृत्यु भएको तथा भाइको उपचार भइरहेको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।