राजनीति

मंसिरमै महाधिवेशन गर्ने प्रचण्डको तयारी

असार १३, २०७३

    जनकपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघमा हुने भनिएको पार्टीको महाधिवेशन मंसिरमा नै गर्ने गरी तयारी अघि बढेको बताएका छन्। 

    जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका जम्बो केन्द्रीय समितिलाई चाँडोभन्दा चाँडो मिलाउन मंसिरमै महाधिवेशन गर्ने दावी गरे। ‘मंसिरमा हुने स्थानीय निकायको निर्वाचन अगाडि नै हामी पार्टीको महाधिवेशन गर्ने तयारीमा लागि परेका छौं’ उनले भने, ‘मंसिरको अन्तिम या ढिलोमा पुसको पहिलो हप्तासम्ममा हामी पार्टीको महाधिवेशन गर्छौ। त्यसका लागि कार्ययोजना अघि बढिसकेको छ।’ 

    अहिले महाधिवेशन आयोजक समिति १४ सय ९९ सदस्यीय रहेपनि महाधिवेशनपछि १ सय ५१ सदस्यीय केन्द्रीय समिति बन्ने प्रचण्डले बताए। ‘भदौ महिनासम्म देशभर सदस्यता विस्तार गर्ने कार्यतालिका बनाएका छौं। त्यसैगरी असोजबाट वडा, गाउँ नगरपालिकाको सम्मेलन सिध्याउने र कात्तिकमा सबै जिल्लाको सम्मेलन गर्ने पार्टीको तयारी छ’ उनले भने ।

    मंसिर १५ गतेसम्म सातवटै प्रदेशको सम्मेलन सिध्याउने र मंसिर अन्तिम साता महाधिवेशन गर्ने उनले दोहोर्‍याए। आइतबार बसेको पार्टीको कार्यालय समितिको बैठकमा नेता वर्षमान पुनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने प्रस्तावसहितको प्रतिवेदन पेश गरेका थिए। त्यसलाई आगामी १५ असारमा बस्ने बैठकबाट अनुमोदन गर्ने माओवादीको तयारी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]