राजनीति

विपक्षीले संसदमा उठाएका मागमा छलफल गर्न संयन्त्र गठन

असार १३, २०७३

    काठमाडौं : व्यवस्थापिका–संसद्को सोमबारको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ। अवरुद्ध संसद् बैठक खोल्ने सम्बन्धमा सहमति जुटाउन प्रतिपक्षसँग प्रारम्भिक छलफल भए पनि टुङ्गोमा पुग्न नसकेका कारण बैठक मङ्गलबारसम्मका लागि स्थगन गरिएको सांसद डा. प्रकाशशरण महतले जानकारी दिए। संसद् सचिवालयले भने विशेष कारणवश बैठक स्थगित गरिएको सूचनामार्फत जानकारी गराएको छ। 

    प्रमुख प्रतिपक्षीले उठाएका मागका विषयमा छलफल गर्न सत्तारुढ र विपक्षी सांसदसहितको संयन्त्र बनेको छ। प्रधानमन्त्रीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र राप्रपा नेपालका तर्फबाट दीलनाथ गिरी सम्मिलित संयन्त्र गठन गरिएको हो। 

    त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले पूर्व अर्थमन्त्री डा. रामशरण महतले सदनमा व्यक्त गरेका विषय भरपर्दो नभएको बताए। उनले मङ्गलबारसम्म प्रतिपक्ष दलले गम्भीर भएर सोचेर आउने र संसद् चल्नेमा आफू विश्वस्त रहेको बताउँदै सहमतिका लागि भोलि बिहान ८ बजे कार्यदलको बैठक बस्ने जानकारी गराए।

    कांग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै चार दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]