समाज

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

माघ ५, २०७५

    अछाम: अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से ४ प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो। 

    शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो। 

    १५ वर्षीय बालक १३ दिनदेखि बेपत्ता 

    मङ्गलसैन नगरपालिका–३ बिसाकोट चिमेसालका १५ वर्षीय रमेश सार्की १३ दिनदेखि बेपत्ता छन् । स्थानीय पदम सार्कीका छोरा रमेश गत पुस २२ गतेदेखि बेपत्ता रहेको रहेको परिवारले जनाएको छ। 

    मानसिक सन्तुलन ठिक नभएका बालक एक्कासि घरबाट बेपत्ता भएकाले सबैतिर खोजी गर्दा पनी फेला नपरेको उनका दाजु शेरबहादुर सार्कीले जानकारी दिए। चिसोको समयमा एउटा टिसर्ट मात्रै लगाएका रमेशको खोजीका लागि जिल्ला प्रहरीलाई समेत जानकारी गराइसकिएको उनको भनाइ थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]