विश्व

भारतमा मोदीविरुद्ध सबै विपक्षी एकै ठाउँमा!

सन्दर्भ तस्बिर
माघ ५, २०७५

    भारतमा प्रमुख सत्तारुढ भारतीय जनता पार्टी विरुद्ध सबै विपक्षी दल एकठाउँ उभिएका छन्। शनिबार कोलकातामा ४१ वर्षपछि सबै विपक्षी एक ठाउँमा उभिन लागेका हुन्। यसअघि सन् १९७७ मा ज्योति बसुले  कोलकाताबाटै कांग्रेसविरुद्ध विशाल प्रदर्शनको नेतृत्व गरेका थिए।

    भारतीय जनता पार्टीविरुद्ध शनिबार संयुक्त लडाइँको संकल्प स्वरुप विपक्षीले प्रदर्शनको तयारी गरेका हुन। ठाउँ ठाउँबाट र्‍यालीसहित आयोजना हुने संयुक्तसभालाई विपक्ष दलका शीर्षनेताले सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    यसैवर्ष हुने लोकसभा चुनाव जित्नका लागि विपक्षी २० दलको अगुवाई पश्चिम बंगालकी मुख्यमन्त्री ममत बनर्जीले गरेकी छन्। भारतको प्रमुख विपक्षी कांग्रेस सहित जेडीएस, एनसीपी, आरजेडी, एसपी, बिएसपी, टिडीपी, आम आद्मीलगायत दलका शीर्ष नेताले कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मोर्चाबन्दीको घोषणा गर्नेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]