समाज : सुरक्षा/अपराध

सल्यानमा बिहेको निम्ता दिन गएका एक व्यक्तिको हत्या

माघ ५, २०७५

    सल्यान : बिहेको निम्ता दिन गएका एक व्यक्तिको हथौडा प्रहार गरी हत्या भएको छ। जिल्लाको शिद्धकुमाख गाउँपालिका-२ को फूलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हथौडा प्रहार गरी हत्या गरेका हुन्। छोराको बिहेको लागी निम्ता दिन गएका शिद्धकुमाख गाउँपालीका २ साल्घारीका ४२ बर्षिय यमन बोहरा लाई सोही ठाउँका ४७ वर्षीय शालिकराम चलाउनेले हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    छोराको बिहेका लागि शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए। मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगी रोटी खाँदै गर्दा एक्कासि हथौडा टाउमा प्रहार भएको थियो।

    घटनालगत्तै चलाउने फरार रहेका थिए। उनी घर नजिकैको जगंलमा गएर लुकीरहेको  अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी गीरीराज भण्डारीले जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]