समाज

दैलेखमा ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रम स्वीकृत

माघ ५, २०७५

    दैलेख : जिल्लामा पहिलो पटक दैलेखको भैरवी गाउँपालिकाको दश करोडको ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रम स्वीकृत भएको छ।

    गाउँपालिकाले अगाडि सारेको सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रम नेपाल विद्युत प्राधिकरणले स्वीकृत गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिएका छन्। उक्त कार्यक्रम स्वीकृत हुने भैरबी गाउँपालिका नेपालको पहिलो स्थानीय तह भएको अध्यक्ष बुढाले बताए।

    साझेदारी कार्यक्रम स्वीकृत भएसँगै दैलेख उज्यालो बनाउने अभियान सोही गाउँपालिकाबाट सुरु भएको उनले जानकनरी दिएका छन्। साझेदारी कार्यक्रम स्वीकृत भएसँगै चालु आर्थिक वर्षमा भैरबी गाउँपालिकामा १० करोड ३१ लाख ४७ हजार लागतको बजेटमा विद्युतीकरणको काम सम्पन्न हुने उनले जानकारी दिएका छन्। सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी कार्यक्रमअन्तर्गत १० प्रतिशत रकम विनियोजनसहित आवश्यक अन्य प्रक्रिया पूरा गरेमा ९० प्रतिशत लगानी सरकारको गर्छ।

    सोही व्यवस्थाअनुसार भैरबी गाउँपालिकाको तर्फबाट बिनियोजित एक करोड तीनलाख १४ हजार ७९३ नेपाल सरकारको तर्फबाट प्राप्त रकमसहित १० करोड ३१ लाख ४७ हजार ९३१ रुपैयाँको लगानीमा गाउँपालिकामा विद्युतीकरणको काम अगाडि बढाइने गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिएका छन्।

    गत पुस १८ गते बसेको भैरबी गाउँकार्यपालिकाको बैठकले ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमका लागि एककरोड बजेट विनियोजन गर्ने निणर्यसहित गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय विद्युत वितरक कार्यसमिति गठन गरिसकेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]