अर्थ

रेमिट्यान्स सेवा गाउँमै पुगेपछि सहज

माघ ५, २०७५

    बैतडी : बैतडीका दुर्गम ग्रामीण क्षेत्रमा रेमिट्यान्स सेवा सञ्चालनमा आएपछि यहाँका नागरिकलाई सजिलो भएको छ। जिल्लाका विभिन्न ७ सहकारी संस्थाहरूले रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएपछि यहाँका ग्रामीण क्षेत्रका नागरिकलाई सजिलो भएको हो।

    खास गरेर भारतमा काम गर्न गएका नागरिकलाई लक्षित गरी रेमिट्यान्स सेवा शुरु गरिएको हो।बैतडीको पञ्चेश्वर गाउँपालिका २ स्थित जय महाकाली कृषि सहकारी संस्था, पाटन नगरपालिका ८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था, पाटन नगरपालिका १० स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था, सिगास गाउँपालिका गाँजरीस्थित प्रगतिशील बचत तथा ऋण सहकारी संस्था, पाटन ६ स्थित उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थामार्फत रेमिट्यान्स सेवा सञ्चालन भइरहेको छ। यस्तै दशरथचन्द नगरपालिका १ स्थित शिखर बीउ प्रवर्द्धन सहकारी संस्था,दशरथचन्द नगरपािलका २ स्थित निंगलाशैनी बचत तथा ऋण सहकारी संस्था मार्फत रेमिट्यान्स सेवा सञ्चालन भइरहेको बताइएको छ।

    अव गाउँकै सहकारीबाट रेमिट्यान्सको रकम प्राप्त गर्न र पठाउन सकिनुका साथै गाउँमै रेमिट्यान्स सेवा पाइने भएपछि स्थानीय पनि खुसी भएका पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए। रेमिट्यान्स सेवा सुरु भएपछी नागरीकहरुलाई रुपैयाँ प्राप्त गर्न र पठाउन सहज भएको दुर्गम पञ्चेश्वरका स्थानीय शुक्रबहादुर चन्दको भनाई छ। देश तथा बिदेशबाट नागरिकले अब सहजै आफ्नो घरमा पैसा पठाउन सक्नेछन्। आप्रवासी कामको पूँजीको सुरक्षा गर्नका लागि गाउँघरकै सहकारीमार्फत रेमिट्यान्स सेवा शुरु गरिएको हो।

    रुडेस बैतडी र अक्सफाम नेपालको प्राविधिक सहयोगमा  सहकारीहरुले रेमिट्यान्स सेवा शुरु गरेका हुन्। विदेशबाट पठाएको पैसा आफ्नै गाउँमा उपलब्ध हुन थालेपछि स्थानीयबासी पनि खुसी भएका छन्। विदेशबाट पठाएको पैसा झिक्न बैतडीका नागरिकले बैतडी सदरमुकाम तथा डडेल्धुरा जानुपर्ने बाध्यता थियो। गाउँकै सहकारीमार्फत रेमिट्यान्स सेवा शुरु भएपछि गाउँलेलाई सजिलो भएको दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित शिखर बीउ प्रवर्द्धन सहकारी संस्था लिमिटेडका अध्यक्ष देवदत्त भट्टले बताए।

    भारतमा रोजगारी गरेर फर्कने नागरिकले आफूले कमाएको पैसा आफ्नै गाउँमा रेमिट्यान्समार्फत पठाउन सजिलो होस् र उनीहरूलाई बाटोमा समस्या नहोस् भनेर गाउँकै सहकारीमा रेमिट्यान्स सञ्चालन गरिएको बताइएको छ। रेमिट्यान्स सेवा सुरु भएपछि यसअघिका मान्छेकै हातमा पठाउने रकम अव रेमिट्यान्सबाट पठाउन सजिलो भएको  रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]