साहित्य

मदन भण्डारीलाई मुख्य पात्र बनाइएको नाटकको प्रदर्शन सुरु

माघ ५, २०७५

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाई लेखिएको उपन्यास बर्बरिकमाथि बनाइएको नाटकको प्रदर्शन सुरु भएको छ।

    झोराहाट नाटक घर विराटि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनाका विषयहरू समेटिएको छ। नेकपाको चौथो महाधिवेशन पछिको राजनीतिक घटनाक्रमदेखि दासढुंगा दुर्घटनासम्मका विषयलाई नाटकका एक पात्र बर्बरिकसँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ। 

    वि.सं. २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन र नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनाका विषयहरू समेटिएको छ। नेकपाको चौथो महाधिवेशन पछिको राजनीतिक घटनाक्रमदेखि दासढुंगा दुर्घटनासम्मका विषयलाई नाटकमा देखाइएको छ। तात्कालीन राजा वीरेन्द्रविरविक्रम शाहसँग जनताको सार्वभौमसत्ताको बारेमा नेता भण्डारीले गरेको वार्तालाप हेर्दै गर्दा भण्डारीको बारेमा सुन्दै र बुझ्दै आएका नयाँ पुस्ताहरूले त्यही समयमा पुगेको अनुभव गर्ने गरि नाटकमा जीवन्तता दिइएको छ।

    त्यसैगरी लौह पुरुष गणेशमानसिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाइएको छ। सुरक्षा खतराका बीच अस्पतालको शैयामा जारी आन्दोलन र राजाको गिर्दो आत्मविश्वासका बारेमा दुई नेताबीचको वार्तालापलाई कलाकारहरूले सचित्र उतार्न सकेको देखिन्छ।

    दासढुङ्गा दुर्घटनापछि उपन्यासमा जस्तै नाटकमा पनि लेखकले बर्बरिकको बारेमा आफूले लिएको चिन्ता कलाकारले भन्दै गर्दा जति नै कठोर मनहरूलाई पनि पगाल्न सफल देखिन्छ। नाटक हेरेपछि लेखक एवं वामपन्थी नेता प्रदीप नेपालले कलाकारहरूले आफ्ना पात्रहरूप्रति ९९ प्रतिशत न्याय गरेको प्रतिक्रिया दिए।

    बर्बरिक नाटक आगामी १२ गतेसम्म कुञ्ज थियटरमा प्रदर्शन हुनेछ। बर्बरिकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं छन् भने निर्देशन जीवन बरालले गरेका हुन्। बर्बरिक महाभारतको एक सशक्त पात्र हो। यस नाटकमा पनि उपन्यास बर्बरिकमा जस्तै भीमको नाति बर्बरिकले आफ्नो क्षमता नदेखिइदै मर्नु परेको कथालाई मदन भण्डारीको जीवनसँग जोडिएको छ। नाटक हेर्नका लागि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डित पनि कुञ्ज थियटर पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]