समाज

डा. रेणुकाको ‘चिराक’ उपन्यास बजारमा

माघ ५, २०७५

    काठमाडाैं : डा. रेणुका थापा ‘सोलु’को उपन्यास वजारमा आएको छ। शनिवार प्रज्ञा भवन कमलादीमा पुस्तकको विमोचन गरिएको हो। नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा सुदूरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ।

    महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारेकी छन्। विमोचन कार्यक्रममा बोल्दै समालोचक प्रा.डा. लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवार भित्रको महिला हिंसाको उजागर भएको टिप्पणी गरे।

    पढाईमा समेत तेज उपन्यासकी मुल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाईमा चिराक बनेर उभिन्छिन् भन्ने सन्देश पुस्तकले दिन्छ। यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिक्ताले जगडिएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गीता केशरीले वताइन्।

    यस्तै अर्का समालोचक प्रा.डा. ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरूको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनु पर्ने बताइन्। त्यसका लागि साहित्यिक कृतिमार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ। अर्की साहित्यकार मायाँ ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिडिसकेको बताइन्। उनले पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको बताइन्।

    लेखक ‘सोलु’ले उपन्यासमा साहित्यिक फुर्काहरूलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दलाई बढी प्रयोग गरिएको बताइन्। सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ।

    लेखक रेणुकाको यो दोस्रो उपन्यास हो। यस अघि उनको उपन्यास ‘भिरमह’ बजारमा आएको छ। ‘गुलाफ फूल्न खोज्दा’ आत्मसस्मरण, ‘अस्तित्वको खोजी’ कथा संग्रह, ‘उपन्यासकार विपीका नारी पात्रमा नीति चेतना’ समालोचना लगायत १२ वटा कृति प्रकाशित छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]